१६ असोज, एजेन्सी।
ऐश्वर्या राय बच्चन आफ्नो पूर्व प्रेमी सलमान खानसंग काम गर्न तयार भएकी छिन्। तर यसबारेमा उनको एक सर्त छ। फिल्म क्रिटिक राजीव मसन्दले यस्तो एक सर्त अगाडी सार्दै लेखेका छन्।aishwarya-rai-10215467

ऐश्वर्या आफ्नो विगत भुलेर सलमानसंग काम गर्न तयार छिन्। उनलाई अब पुरानो सम्बन्धले बाधा गर्दैन तर सलमानसंग संगै फिल्ममा काम गर्न उनको एक कडा सर्त छ। सर्त हो, फिल्मको स्क्रिप्ट र निर्देशन असाधारण हुनुपर्छ।

१९९९ देखि २००२ सम्म अफेयर
ऐश्वर्या र सलमानको फिल्म ‘हम दिल दे चुके सनम’ (१९९९) मा संगै काम गरेका थिए। यो फिल्मको सुटिङको क्रममा यी दुई नजिकिए। ‘हम तुम्हारे है सनम’ (२००२) को रिलिज पश्चात यो जोडीको ब्रेकअप भयो। यो फिल्ममा पनि ऐश्वर्या सलमानको गर्लफ्रेन्डको भुमिकामा थिइन।

यो जोडीको ब्रेकअपको वास्तविक कारण के थियो? यसको कारण सायदै थाहा होला तर ऐश्वर्याले सलमान माथी मारपिटको आरोप लगाएकी थिइन। त्यसपश्चात ऐश्वर्यको नाम विवेक ओब्रोयसंग जोडियो। अनि सन् २००७ मा ऐश्वर्याले अभिषेक बच्चन संग विवाह गरिन।

यो पढ्नुस्।
टिजर पछि अब गित सार्वजनिक, रणवीर-ऐश्वर्याको रोमान्टिक सिन (भिडियो)
ऐश्वर्यालाई सलमानबाट यसरी खोसेका थिए विवेकले

यस्ता यस्ता विवादमा परेकी थिइन् ऐश्वर्या राय