४ माघ, काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाहको जम्काभेट राप्रपाका बाहेक अन्य दलका नेतासँग भएन । पूर्वराजा भोजस्थल जाँदै गर्दा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वसभामुख सुवास नेम्वाङ, परराष्ट्रमन्त्री डा. प्रकाशरण महतलगायत नेताहरू चौरमा गफिइरहेका थिए ।

नजिकैको टेबुलमा प्रधानन्यायाधीश सुशीला कार्की थिइन् । तर, उनीहरू कोही पनि पूर्वराजाको नजिक पुगेनन् ।

gyanendra-at-sitalniwas

‘पूर्वराजा पुग्नेबित्तिकै तस्बिर लिनेहरूबीच प्रतिस्पर्धाजस्तो देखिए पनि नेताहरूले देखेको नदेख्यै गर्नुभयो,’ एक प्रत्यक्षदर्शीले भने, ‘अलि नजिक भएको भए कुराकानी पनि हुनसक्थ्यो होला, तर कुरा हुन पाएन ।’

पूर्वराजा फर्किएपछि मात्रै नेताहरू ओहोर–दोहोर गर्दै भेटघाटमा सक्रिय भएका थिए । आजको नयाँ पत्रिकामा खबर छ ।