२२ फागुन, काठमाडौं । अष्ट्रेलियामा पोखराका निकित श्रेष्ठको समुन्द्रमा डुबेर मृत्यु भएको छ ।

ब्रिसबेन नजिकैको स्ट्राटब्रुक आइल्याण्ड नजिकै समुन्द्र किनारमा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको हो । बुधबार पौडी खेल्ने क्रममा डुबेका उनको मृत्युबारे नेपाली दुताबास क्यानबेरा र एनआरएन अष्ट्रेलियालगायत सम्बन्धित निकाय र समुदायमा खबर गरिसकेको एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष उमेश खड्काले जानकारी दिएका छन् ।

उनको शव नेपाल पठाउनका लागि कम्तिमा १० दिन लाग्ने उनले बताएका छन् ।