२० भदौ, रौतहट।

चन्द्रपुर नगरपालिका–४ स्थित मोथियाही पोखरीमा डुबेर आज दुई किशोरीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका–४ बस्ने करिब १३ वर्षीया मनिषा महतो तथा १२ वर्षीया आशा बैठा रहेका छन् । पौडी खेल्ने क्रममा उनीहरुको मृत्यु भएको हो । मृत्यु भएका किशोरीहरुको शव परीक्षण गरी आफन्तलाई बुझाइएको छ ।

यसैबीच, एक वर्षअघि यसै नगरपालिकास्थित एसबिआई बैंकबाट रु २० लाख लुटेको अभियोगमा पक्राउ परेका सन्तकुमार थिङलाई आज इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले म्याद थप गराई आवश्यक अनुसन्धान प्रक्रिया सुरु गरेको छ । प्रहरीले मकवानपुर जिल्ला हांडीखोला गाविस–४ बस्ने कौशल भन्ने सन्तकुमार थिङलाई केही दिन अघि पक्राउ गरेको हो । रासस