२० भदौ,काठमाडौं ।

एकीकृत नेकपा माओवादीका महासचिव कृष्ण बहादुर महराले संघीयता र समावेशी सहितको मस्यौदा संविधान एमाओवादीको जित भएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित सहिद शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’ को १२ औं स्मृति दिवसका अवसरमा आयोजित श्रद्धान्जली सभामा उनले संविधान निर्माणमा एमाओवादीको जित भएको बताएका हुन् ।

mahara

‘संविधान सभाबाट संविधान नै हाम्रो एजेण्डा हो, उनले भने,संविधान सभाबाट संविधान नबने जनयुद्धलाई अपराधिकरण गरिने सम्भावना रहेको बताए । ‘संविधान सभाबाट संविधान जारी भएर जनयुद्धले राजनीति आन्दोलनको पुष्टी गरेको बताउंदै उनले संविधान सभाबाट नै संविधान जारी गर्ने आफ्नो पार्टीको दायित्व पुरा हुन लागेको बताए ।

महराले भने,‘संविधान सभा समग्र युद्धको एक ब्याटल हो ।’ संविधान सभामा आफूहरुले आफ्नो प्रभाव विस्तार गरेको बताउंदै आफूहरुले कुनै पनि हालतमा सहिदका सपनाहरु नबिर्सने प्रतिवद्धता व्यक्त गरे ।

क्रान्ति सरल रेखामा अगाडि नबढ्ने भएकाले संविधान सभा एक घुम्ती भएको उल्लेख गर्दै आफूहरुको विगत गौरवपूर्ण भएकाले संविधान घोषणा लगत्तै पार्टी पुनर्गठन हुने दावी गरे ।