२२ फागुन,काठमाडौ ।
कांग्रसको महाधिवेशनमा बन्द सत्र चलिरहदा बाहिर चर्को स्वरमा नारा लगाउने भोट माग्ने कार्यकर्ताहरुको ठूलो संख्या रहेको छ । कांग्रेसका कार्यकर्ताले भरिभराउ मात्र भएका छैनन भडकिलो प्रचार सामाग्रीको डङगुरले भृकुटिमण्डको सडक भरिएको छ । कोही गीत गाएर भोट मागिरहेका छन् भने कोही देउडा गाएर भोट मागि रहेका छन् । बन्द सत्र छोडेरै उम्मेदवारहरु प्रचारमा देखिएका छन् । पार्टीभित्र जसरी गुट छ त्यसैगरी बाहिर कार्यकर्ताहरु पनि नेताहरु पिच्छे नै भोट मागिरहेका छन् । अबको पालो दाईको भन्दै चर्को स्वरमा भोट मागि रहेका छन् ।

महाधिवेशन उद्घाटनको दिन खुल्ला मञ्चमा

महाधिवेशन उद्घाटनको दिन खुल्ला मञ्चमा

सुपारी चाम्रो देउवा के राम्रो छ र है पौडेल हो राम्रो
महाधिवेशनमा भोट माग्नु राम्रो कुरा हो । तर राजनीतिकको नियम नै मानिन्छि राम्रो कुराको प्रचार गरेर भन्दा पनि अरुको आलोचना गरेर खुडकिलो उक्लिेन परम्परा नेपाली राजनीतिमा व्याप्त छ । कांग्रेसका पनि त्यही देखिएको छ । एकले अर्कोको कमजोरीमाथि टिकाटिप्पण गर्ने र आलोचना गर्ने क्रम सतहमै छताछुल्ल भएको छ । तीन प्यानल रहेको कांग्रेसमा सिटौला पक्षका कार्यकर्ताहरु उल्लेखिय नदेखिए पनि पौडेल र देउवा पक्षका कार्यकर्ताहरुबीच दोहारीबाट एक नेताले अर्को नेताको आलोचना गरिरहेका छन् ।

अहिलेसम्म देउवा हो अडेको, पौडल दाई १७ पटक लडेको
प्यानल प्यानल भएपनि पार्टी एउटै हो । तर व्यक्ति फरक फरक छ । दुवै पक्ष कांग्रेस जिन्दावाद भनेर एउटै स्वरमा नारा लगाउछन । अब सभापतिको पालो भन्दा आ आफ्नो पक्षको नेताको पालो भन्छन । एकले अर्कोको नाम लिदा हुटिङ गर्छन । प्रचार विचार दिएर होइन । गीत गाएर मागि रहेका छन् । नाच गानले रमाइलो पनि गरिहेका छन् ।

यो पनि पढ्नुस्।

सुसुरा केसीलाई गगनको प्रश्न–हुर्काएको मान्छेमाथि विश्वास गर्न सकिन्न ?

सभापति छान्न कांग्रेसको भोली मतदान

भगवान शिवका १०८ नाम, जानौँ तिनका अर्थ र महत्व

खण्डग्रास सूर्यग्रहण फागुन २६ गते