२७ साउन, काठमाडौं । आठ दिनदेखि मेडिसिटी अस्पतालमा उपचार गराइरहेका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह उपचारपछि सोमबार डिस्चार्ज भएका छन् ।

नेता सिंह स्वास्थ्यमा समस्या आएपछि गएको सोमबार अस्पताल भर्ना भएका थिए । सिंहको उपचारमा डाक्टर मिमि गिरी नेतृत्वको टोली सहभागी थियो । उनलाई अझै केही दिन घरमा आरा मगर्न चिकित्सकले सल्लाह दिएका सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिए ।

सिंहले उपचारमा संलग्न चिकित्सक, अस्पताल व्यवस्थापन, र शुभेच्छुकप्रति आभार प्रकट गरेका छन् । उनी केही दिनको आराम पछि मात्रै पार्टीको नियमित कामम फर्कने लामिछानेले बताए ।
हाइ सुगर उच्च ज्वरो र पिसावमा संक्रमण देखिएपछि सिंह अस्पताल भर्ना भएका थिए ।