२४ कातिक, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले युवाहरुलाई सके रोजगारी नसके बेरोजगार भत्ता दिने घोषणा गरेका छन् ।

के ओबामालाई हिलारीले हार्छिन् भन्ने थाहा थियो ? यसरी गरेका थिए संकेत

उनले गरीबका लागि सरकार कार्यक्रमलाई रणनीतिक महत्वको कार्यक्रमसहित देशव्यापी बताउने बताउदै समेसम्म युवाहरुलाई रोजगारी नभए बेरोजगार भत्ताको तयारी गरेको बताएका हुन् ।

फाइल तस्बिर

फाइल तस्बिर

प्रचण्डले भने,‘जनता पेन्सन कार्यक्रमको तयारी गर्दैछौं, लोडसेडिङ अन्त्य गर्ने, राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न उत्प्रेरित गर्ने र विकास खर्च बढाउने गरी काम गरिरहेका छौं ।’

विमानस्थलमै कड्किए देउवाः मैलें पनि जान्या छु …

राजधानीमा बुधवार नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने,‘युवा भनेका समाजका उर्जाशील शक्ति हुन् ।

उनीहरुमा सोच्ने गतिशीलता हुन्छ । मेरो आशा तपाईहरुसँगै छ । तपाईहरु जनता, सर्वहारा वर्ग र देशको पक्षमा दृढतापूर्वक अगाडि बढ्नुहोस् ।’ उनले जनताको पक्षमा गरिएका कामहरुको सकारात्मक रुपमा सन्देश प्रवाह गर्न पनि निर्देशन दिए ।

ट्रम्पले ह्वाइट हाउसमा के के गर्लान् (अनुमान फिचर)

विभिन्न कुप्रचारको शिकार हुनुपरेको अनुभव सुनाउँदै भने,‘सरकार देशको पक्षमा काम गर्दैछ, जनताको पक्षमा काम गर्दैछ । हिमाल, पहाड र तराई मिलाएर संविधान कार्यान्वयन गर्ने संकल्प गर्दैछ । आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय एकता हासिल गर्न अगाडि बढ्दैछ । तर, एउटा वर्ग सरकारका कामबाट आत्तिएर कुप्रचारतिर लागेको छ, त्यसको तपाईहरुले खुलेर प्रतिवाद गर्नुस् । यथार्थ के हो, त्यो जनतालाई भन्नुस् ।’

ट्रम्प अमेरिकी राष्ट्रपति बने नेपालीलाई के हुन्छ ?

सरकारले गरीबका पक्षमा काम गरिरहेको भन्दै प्रधानमन्त्रीले थप्नुभयो, ‘हामी गरीबका लागि सरकार कार्यक्रमलाई रणनीतिक महत्वको कार्यक्रमसहित देशव्यापी बताउने अभियानमा लागेको बताए ।