प्रयास पराजुली
काठमाडौ ।
संसदलाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलोको रुपमा उभ्याइन्छ । संसदीय अभ्यास सुरु भएपछि लाग्दै आएको प्रमुख आरोप पनि यही हो । सरकार निर्माण गर्न र ढाल्न संसदमा हदैसम्मका घिनलाग्दा र फोहोरी खेल हुने गरेको जिवन्त इतिहास छन् । इतिहासका पात्रहरु अझै पनि साक्षी नै छन् । जनताको सेवा गर्ने कसम खाएका जनप्रतिनिधिहरुले बाचा भुलेका छन् । पैसाको लागि इज्जत बन्दकी राखेका छन् । जनताको पक्षमा होइन आफना पक्षमा हदैसम्म लज्जाबोध हुने कर्म गरेका छन् । किन्ने बेच्ने लिलाले हेर्ने जनतालाई नै लज्जित बनाएको छ । जनप्रतिधिको कर्तव्य भुल्दा दायित्व विर्सदा जनमतको अपमान भएको छ ।

संसदीय व्यवस्थामा घिनलाग्दा कर्म नौला होइनन । सदा चलिरहने खेल हो । यो पर्दाभित्र हुन्छ र बाहिर सार्वजनिक गरिन्छ । पैसाको अगाडि सांसदहरु घुँडा टेक्छन । प्रभुको अगाडि लम्पसार पर्छन । लाज ढाक्नु र नैतिकता जोगाउनु उनीहरुको नैतिक मूल्य मान्यताभित्र पर्दैन । घुमिफिरी रुम्जाटार बास भनेझै अहिले प्रधानमन्त्री केपी ओलीको सरकार ढाल्ने पर्दाभित्रको खेल सुरु भएको छ । छ महिना नवित्दै सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ओली सरकार ढाल्नको लागि छातिमा टेकेर टाउकामा हान्ने तत्कालिन माओवादीको नीति अख्तियार गरेका छन् ।

सरकार ढाल्न प्रचण्डको भित्री योजना

Prachanda smileeओलीको आशा र भरोसा गरिएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विगत तीन महिनायता राष्ट्रिय सहमतिको भाषण ठोकी रहेका छन् । कांग्रेस ओली नेतृत्वको सरकारमा आउने सम्भावना छैन् । तर प्रचण्डले जबरजस्ती रुपमा सहमतिको सरकारको गठन गर्ने अभिव्यक्तिले प्रधानमन्त्री ओली हैरान छन् । दिक्क भएका छन् । प्रचण्डको सहमतिको सरकारको भाषण सुन्न नपाए हुन्थ्यो भन्ने मानसिकतामा छन् । प्रचण्डलाई सहमतिको सरकार कस्तो बनाउने भन्ने पनि थाहा छ । यसको लागि उनले आफू प्रधानमन्त्री र राष्ट्रपति अहिले नबन्ने बताएका छन् । प्रचण्ड निकट एक नेताको दावी अनुसार प्रचण्ड सहमतिको सरकारको नाममा ओली सरकार ढालेर आफ्नो नेतृत्वमा सरकार बनाउन चाहन्छन् । राजनीतिमा जे भनिन्छ त्यो गरिन्न र जे भनिदैन त्यो गरिन्छ भन्ने मान्यताबाट प्रचण्ड निकै कुटिल ढंगले अगाडि बढ्का छन् । सकेसम्म कांग्रेस र मधेसी मोर्चालाई अगाडि सार्न लगाएर ओली सरकार ढाल्ने योजनामा प्रचण्ड छन् । प्रचण्डले राष्ट्रिय सहमतिको सरकार गठनको लागि कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवासंग समेत छलफल गर्ने बताइएको छ। तर छलफल भने गरेका छैनन् ।

सरकार आफै ढल्ने देउवाको दनक

sher bahadur deuwa single white bg
पार्टीभित्र लामो समय प्रतिपक्षको भुमिकामा रहेका निवर्तमान कांग्रेसका सभपति शेरबहादुर देउवा अहिले पार्टीको नेतृत्व सम्हालेका छन् । संसदमा भने प्रतिपक्ष दलको भूमिमा बसेका छन् । संसदीय खेलमा देउवा निकै अगाडि र चलाख मानिन्छन् । संसदीय खेलमा देउवाले धेरै खेलमा गेम गरेर तीन पटक प्रधानमन्त्री बन्न सफल भएका छन् । देउवा तत्काल निर्णय गर्न सक्छन् । देउवाको निर्णयले नेपालको इतिहामा धेरै प्रश्न जन्माएको छ । आगामी दिनमा जन्माउछ कि जन्माउदैन हेर्न बाँकी छ ।

सभापति निर्वाचति भएको पाँच दिनपछि देउवाले सरकार कसैले नढाले पनि आफ्नै बोझले ढाल्ने दावी गरेका छन् । सरकारलाई बोझ भनेको संघीयता नै हुने पक्षका दल पनि सरकारमा नै छन् । हिन्दु राष्ट्र र राजतन्त्र चाहिन्छ भन्ने दल पनि सरकारमा नै छ । सत्तारुढ दलमै कुरा नमिलेपछि सरकार आफ्नै आन्तरिक किचलोमा ढल्ने पूर्व अनुमान देउवाले लगाएका छन् । देउवाले संसदमा सशक्त आवाज उठाउने बताइएको छ । प्रतिपक्षले सरकार ढाल्न चाल्ने पहिलो कदम नै संसद हो । जहाँबाट देउवाले पहिलो गोटी चाल्ने छन र अन्तिम गेम पनि संसदबाट नै गर्ने निश्चित छ ।

सरकार ढाल्ने खेलले ओलीलाई तनाब

फाइल तस्बिर

प्रधानमन्त्री ओली सानातिना कुरा उखान टुक्का र जोक भनेर उडाउँछन । ख्याल ठट्टा गर्ने ओलीको बानी नै हो । भाषण गर्दा होस वा कुराकानी गर्दा हस्यौली गर्ने ओली केही दिन यता निकै तनाबमा रहेका छन् । प्रमुख प्रतिपक्ष दलको भूमिका, सत्तारुढ दल एमाओवादी र राप्रपा नेपालको शंकास्पद भुमिकाले उनी निकै नै उकुस मुकुस भएका छन् ।

सरकारको पक्षमा वकालत गर्ने आधा दर्जन उपप्रधानमन्त्री र तीन दर्जन मन्त्री हुँदा पनि ओली नै सरकार ढल्दैन भनेर प्रतिवाद गरिरहेका छन् । भारतसंग सम्बन्ध राम्रो नहुनु, ठूलो पार्टी प्रतिपक्षमा रहनु, सत्तामा रहेकाहरु पनि दिनप्रतिदिन चिढिदै जानुले ओली थप शसंकीत बनेका छन् । कतै सरकार तत्काल नै ढलि हाल्ने त होइन भनेर निकट व्यक्तिहरुसंग कुराकानी गर्न थालेका छन्

। चीन भ्रमण मार्फत महत्पूर्ण सम्झौता हुँदा भारत चिढिने निश्चित छ । त्यसको हुँदा भारत ओलीको विकल्प चाहने पनि पक्का छ । कुन पात्रमा सहमति गर्ने भन्ने बारेमा केही नबताएपछि उच्च स्रोतको अनुसार भारतले शेरबहादुर देउवा र प्रचण्ड मध्ये एक मात्र रोज्ने निश्चित भएको बतायो ।