२८ फागुन, एजेन्सी ।

इरानको अर्धसैनिक समूह इस्लामिक रेभोलुस्नरी गार्डले आफ्नो मिसाइल प्रहार जारी रहने बताएको छ ।

बुधबार विहान इजरायल सम्म मार हान्ने क्षमताका २ क्षेप्यास्त्र परीक्षण गरेपछि अन्तराष्ट्रिय समुदायमा खलबली मच्चाएको रेभोलुस्नरी गार्डले आफ्नो कार्य जारी रहने बताएको हो ।

Ballistic missile is launched and tested in an undisclosed location, Iran, in this handout photo released by Farsnews

रेभोलुस्नरी गार्डका कमाण्डरले आफ्नो क्षेप्यास्त्र कार्यक्रम जारी रहने र अन्य क्षेप्यास्त्र पनि प्रहार गर्न तयारी अवस्थामा राखिएको बताएका छन् ।

रेभोलुस्नरी गार्डले आफ्नो क्षेप्यास्त्र कार्यक्रम कुनै देशसँग युद्ध लड्न नभएर रक्षात्मक प्रयोजनका लागि भैरहेको दावी पनि गरेको छ ।

तीनै सेनालाई आक्रमणको तयारी गर्न किम जोङ उनको आदेश

थप आणविक परीक्षण गर्ने उत्तर कोरियाली शासकको आदेश

इजरायलले इरानले परीक्षण गरेको क्षेप्यास्त्रले आणविक हतियार बोक्न सक्ने तर अन्तराष्ट्रिय प्रतिबन्धका कारण इरानले त्यसो गर्न नसक्ने बताएको छ ।

यस अघि गतमंगलबार पनि इरानको इस्लामिक रेभोलुस्नरी गार्डले थुप्रै संख्यामा मिसाइल प्रहार गरेको थियो । सैनिक अभ्यास अन्तर्गत इरानको शक्तिशाली लडाकु समूह इस्लामिक रेभोलुस्नरी गार्ड आक्रमक देखिएपछि इरानसँग यस अघी शक्तिराष्ट्रहरुले गरेको सम्झौता तोडिन सक्ने चिन्ता बढेको छ ।

पछिल्लो परीक्षण इजरायललाई शक्ति देखाउन गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इजरायलले यस विषयमा कुनै प्रतिक्रिया नदिएपनि अमेरिकाले भने परीक्षण विरुद्ध राष्ट्रसंघ सुरक्षा परिषदमा आपत्ति जनाइसकेको छ ।