२१ साउन, काठमाडौं ।

कुनै बेला एमाओवादी अध्यक्षका प्रचण्डलाई हत्या गर्नु पर्ने अभिब्यक्ति दिएर गृहमन्त्रालयको समेत ध्यान तानेका विवादास्पद जनजाति अभियान्ता आङकाजी शेर्पाले प्रचण्डलाई पुनः ८ आरोप लगाएका छन् ।

करिव १ महिना अघि शेर्पाले प्रचण्ड जीवित रहनु १३ हजार सहिदको अपमान भएको विषयमा आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै १३ हजार नेपाली जनताको हत्यारा प्रचण्ड उपस्थिति बैठक तथा समारोहमा पूर्व जनमुक्ति सेनाहरुले प्रेसर कुकर बम र बन्दुक लिएर जान सक्ने बताएका थिए । उनले अहिले प्रचण्ड जे पनि गर्न तयार रहेको भन्दै प्रचण्डका ८ सम्भावना समेत उल्लेख गरेका छन् ।

Prachanda vs Ankaji 8 arop

शेर्पाले प्रचण्ड अव लालसलामबाट नमस्कार गर्न तयार भएको र ८ प्रदेश छोडेर ६ प्रदेशमा तयार भएको तथा धर्म निरपेक्षताबाट हिन्दु धर्ममा पुगेको आरोप लगाएका छन् ।

त्यसैगरी उनले प्रचण्डले १३ हजार शहिदका सपना भुलेर अव बेबीकिङ मान्न तयार भएको तथा बाबुराम भट्टराईलाई छोडेर खुमबहादुर र चित्रबहादुरसँग मिलेर पार्टी खोल्न समेत तयार भएको आरोप लगाएका छन् ।

ang kaji- prachanda

प्रचण्डले पुत्र प्रकाशलाई छोडेर पुत्रविहिन बन्न तयार रहेको र श्रीमतीलाई छोडेर कृष्णप्रसाद भट्टराई बन्न तयार रहेको समेत आरोप लगाएका छन् ।

यति सबै नभए प्रचण्ड राष्ट्रपति बन्न नसके कमण्डलु बोकेर पशुपतिमा जोगी भएर बस्न तयार रहेको टिप्पणी आङकाजीले गरेका छन् ।

Prachanda vs Ankaji 8 arop 1

यस अघि शेर्पाले राजनीतिक विश्लेषणको हवला दिदै सम्पूर्ण परिवर्तनका एजेण्डाहरुलाई र पहिलो संविधानसभामा प्रधामन्त्री पदसंग र दोस्रो सविधानसभामा राष्ट्रपति पदसंग साटेर खाने १३ हजार नेपाली जनताका हत्यारा २१औ शताब्दीका अति ब्रम्माणवादी आत्मसर्मपणवादी धोकेबाज प्रचण्ड र गछेदार उपस्थित बैठक तथा सभासमारोहमा पूर्व जनमुक्ति सेना तथा मधेसी युवाहरुले प्रेसर कुकर बम र बन्दुक लिएर जाने बताएका थिए ।

उनले यस्तो चेतावनी दिएपछि गृहमन्त्रालयले समेत यसबारे बुझ्न प्रहरी परिचालन गरेको थियो ।

१३ हजार वीर शहिदहरुको सपना अधुरो र अपुरो छाडेर प्रचण्डको मात्र सपना साकार पार्न १० बर्ष जनयुद्ध र २०६२÷६३ जन आन्दोलन भएको होईन,गद्दार नेताहरुलाई हत्या गरेर दण्डित गर्ने विश्व राजनीतिक इतिहास नेपालमा पनि चाडै दोहोरिन सक्ने राजनीतिक विश्लेषकको दावी छ ।’

आङकाजी विभिन्न समयमा विभिन्न विवादास्पद अभिब्यक्ति दिएर चर्चामा रहिरहने जनजाति अभियान्ता हुन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि हत्या गर्ने चेतावनी दिएका थिए ।

केही समय अघि उनको बाबुराममाथिको स्ट्याटस पनि आएको थियो ।