२६ साउन, काठमाडौं ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई श्रोतबारे लिखितरुपमा सोध्न सुझाव दिएका छन् ।

ओलीलाई सञ्चारकर्मीले सोधे- प्रचण्डसँग बदला लिने कि नलिने ?

विकाशका लागि आर्थिक श्रोतबारे प्रचण्डले संसदबाट राखेको जिज्ञासाबारे जवाफ दिँदै ओलीले संसदमा सोधेको प्रश्नको आफूले जवाफ दिने तर त्यसका लागि लिखितरुपमा सोधिनु पर्ने बताएका हुन्।

oli prachanda serious look

प्रेस चौतारी नेपालले बुधबार काठमाडौंमा आयोजित आयोजना गरेको कार्यक्रममा ओलीले भने, ‘ प्रधानमन्त्रीजी लिखित रूपमा मसँग सोध्नुस्, म तपाईँलाई लिखित रुपमै स्रोत देखाइदिन्छु।’

प्रचण्डले ‘प्रकाश’ ल्याउँदा अर्का प्रकाश आक्रोशित !

प्रचण्ड सरकार रिमोटबाट बनेको आरोप लगाउँदै ओलीले भने, ‘रिमोट अरुको हातमा भएपछि टिभीमा के आउँछ भनेर भनेर पहिल्यै थाहा हुन्छ ‘चल्ने सोहरु पनि उतैबाट निर्धारित हुन्छन्’ ।

संसदमा प्रधानमन्त्रीको उम्मेदवारीको सूचना दिने क्रममा प्रचण्डले विकाशका काम कथा हाले जस्तो नभएको भनेर ओलीमाथि ब्यङ्ग्य गरेका थिए । ओलीले भनेका विकाश कहाँबाट पैसा ल्याएर बनाउने हो भन्ने कुरा भनिदिए आफूले त्यसै त्यसै गर्ने समेत उनले बताएका थिए ।

अमेरिकासँग झुकेन चीनः बरु युद्धका लागि तयार !

प्रचण्डले प्रश्न सोधेका थिए, तपाइँले कति बजेट छुट्ट्याएर रेल र जहाजको कुरा गर्नु भएको हो ? कहााबाट पैसा ल्याएर ती परियोजना अघी बढाउने हो ? विदेश बाट माग्ने हो कि देशभित्र पैसा छ ? सपना जनतालका लागि रमाइला र प्रिय दुवै लाग्न सक्छन् तर बजेट र योजना नभएका सपना सपनामै टुङ्गिन्छन्, तपाइँ मलाई भन्नुस् तपाइँले भनेका विकाश गर्ने आर्थिक श्रोत के हो ? तपाइँ भनिदिनुस् म त्यही अनुसार हु बहु गर्न तयार छु” ।

प्रधानमन्त्री प्रचण्डलाई ओलीले सोही प्रश्नको जवाफ दिएका हुन् ।