२२ फागुन, काठमाडौ।

भारतीय जनता पार्टीका बरिष्ठ नेता एवम उत्तराखण्डका पूर्व मुख्यमन्त्री भगतसिंह कोसियारीले प्रचण्डले आफूलाई अभिभावक मान्ने गरेको टिप्पणी गरेका छन्।

काग्रेस महाधिवेशनको उद्घाटन सत्रमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूप्रति लक्षित गरेर दिएको अभिब्यक्तीप्रति टिप्पणी गर्दै प्रचण्डले आफूलाई अभिभावक भन्ने गरेकोले सोही आधारमा भनेको हुनु पर्ने धारणा राखे ।dhamala vagat singh reporters club

भाजपा उपाध्यक्ष कोश्यारी प्रचण्ड निवासमा

रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा कोसियारीले भने,‘ प्रचण्डले मलाई गार्जेन भन्छन । उनले गार्जेन भनेर त्यस्तो भनेका होलान । हामी नेपालमा नाकाबन्दी होस, नेपाली जनताहरु भोकै मरुन भनेर चाहदैनौ । नेताहरुले देशको प्रगतिकोलागि जे आवश्यक छ त्यो मात्रै बोल्नु पर्छ । भारतसँगै नेपालको पनि प्रगति हुनु पर्छ ।’ उनले थपे,‘ प्रचण्डले आउट अफेक्सनले बोलेका होलान उहाँले हतियार छाडेर आएकोले उहाँको कुरालाई हामी सकारात्मक रुपमा लिन्छौ ।’

नेपालको संविधानमा एक प्रतिसत भन्दा कम विषयमात्रै मिल्न बाँकी रहेको बताएका छन् ।

 उनले भने,‘ संविधानमा १ प्रतिसत भन्दा थोरै विषय मिल्न बाँकी छ । मेरो नेपालका सबै नेताहरुसँग कुराकानी भएको छ । अलिकति सीमांकनको विवाद मात्रै हो । मिल्छ भन्नु भएको छ । मलाई विश्वास छ छिट्टै त्यो विषय मिल्छ र नेपालको संविधान कार्यान्वयनका सबै समस्या समाधान भएर जान्छन । संविधान बनाएकोमा नेपाली नेताहरुलाई धन्यबाद छ । ’

भारतीय नेतालाई प्रचण्डको प्रश्न- हामीमाथि नाकाबन्दी किन ?

साक्षात्कार कोसियारीले सबैले संविधान बन्दैन भन्दा आफूले बन्छ भनेर भनेको स्मरण गर्दै नेपालको संविधान कार्यान्वयन भएर नेपाल समृद्धिको दिशामा अघि बढ्ने विश्वास ब्यक्त गरे । उनले नेपालको संविधान संसोधनपछि आशाको किरण देखिएको भन्दै राजनीतिमा सबै माग जायज नहुने भएकोले जायज मागको पहिचान गरेर संबोधन गर्नु पर्ने बताए ।

कांग्रेस महाधिवेशनमा प्रचण्डको खोजी (फोटो फिचर)

कोसियारीले भने,‘ नेपालको समस्या लगभग समाधान भईसक्यो । केही क्षेत्रको केही असन्तुष्टी छ । मलाई नेपाली नेताहरुमा विश्वास छ । बाँकी समस्या पनि छिट्टै हल भएर नेपाल अगाडि बढ्छ ।’

भारतको नेपाल नीति असफल भएको हो भनि सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले जेलमा रहेका दुई कैदी बाहिर हेर्दा एउटाले हिलो देखेको र अर्कोले तारा देखेको उदाहारण दिदै भने,‘ कसैको नीति फेल भएको छैन सक्रमणकालमा यस्ता कुराहरु आईरहन्छन । अहिले नेपाल र भारत दुबै पास भएका छन ।’ कोसियारीले नेपालमा भारत र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा भएको प्रर्दशनप्रति टिप्पणी गर्दै आफ्नै मुखको दातले जिब्रो टोक्दा दात उखेलेर नफालिने तर्क गरे ।

उनले भने,‘ नेपालले ३० प्रतिसत ईन्धन ल्याउन ग्लोबल टेण्डर गरेको छ अनि कम दियो भनेर भारतलाई गाली गर्छन । काग्रेस, एमाले, माओवादी सबै भारतले गर्दा भन्छन । यसरी चल्दैन ।’ नयाँ यूगमा प्रवेश गरेको नेपाल अब आत्मनिर्भर र स्वालम्बि हुनु पर्ने धारणा राख्दै उनले आफूले पशुपति नाथ र डोलेश्वर महादेबसँग पनि नेपाल आफ्नो खुट्टामा आफै उभियोस भन्ने कामना गरेको सुनाए ।

कोसियारीले सन् १९५० को नेपाल भारत मैत्रि सन्धीको विरोध हुने गरेको प्रति लक्षित गर्दै सन्धी पढेर मात्रै विरोध गर्न सुझाव दिए । उनले भने, ‘ भारत नेपाललाई भाईको नाताले सहयोग गर्न तयार छ । भारतीय प्रधानमन्त्री नरेन्द् मोदी पनि नेपाली जनताले जुन अपेक्षासहित नेपालमा उहाँको स्वागत गरेका थिए त्यसलाई पुरा गर्ने पक्षमा छन । तर त्यसकोलागि नेपालले माग राख्नुपर्छ । हामी बद्रीनाथमा रेल पुग्दा पशुपतिनाथमा पनि पुग्नु पर्छ भन्ने पक्षमा छौ ।’

नेपालले चीनबाट पेट्रोलियम पदार्थ ल्याएको, चीनीया सहयोग र चीनले रेल नै ल्याईदिन लागेको विषयलाई राखिएको जिज्ञासामा कोसियारीले चीनबाट तेल आउने भए काठमाडौको सडकमा किन तेलको लागि लाईन लागेको त भनि प्रश्न गरे । उनले भने,‘ नेपालले चीनसँग सहयोग लिनु पर्छ । तर चीनले नेपालमा रेल ल्याउने भए भारत र बंगलादेशबाट ल्याउनु पर्छ ।’ कोसियारी उनले आफू कुनै धर्मको प्रचार गर्न नआएको भन्दै आफूहरुको चिन्ता धर्म परिवर्तन गराउने कार्य नहोस भन्ने मात्रै भएको स्पष्ट पारे ।

यो पनि पढ्नुस्।
पौडेल र देउवा पक्षबीच महाधिवेशनस्थलमै भनाभन
३७५ जना मध्ये ६३ जनाले उम्मेदवारी फिर्ता लिए
खण्डग्रास सूर्यग्रहण फागुन २६ गते
भगवान शिवका १०८ नाम, जानौँ तिनका अर्थ र महत्व