२० साउन, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू विरुद्ध नारा लगाइ प्रदर्शन गरेको आरोपमा पक्राउ परेका श्याम खत्रीलाई तत्काल छाड्न नेपाल प्रहरीलाई आग्रह गरेका छन् ।

कांग्रेसभित्रैबाट सरकारमा सहभागी नहुने चेतावनी

प्रधानमन्त्री निर्वाचित भएलगत्तै बुधबार साँझ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले माइतीघर मण्डलामा आयोजना गरेको एक कार्यक्रममा अर्धनग्न रुपमा प्रदर्शन गरेका खत्रीलाई प्रहरीले पक्राउ गरेको थियो ।

PM prachanda 75370817

प्रधानमन्त्री प्रचण्डका तर्फबाट उनका पुत्र प्रकाश दाहालले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई आज टेलिफोन गरी पक्राउ परेका खत्रीलाई छाडिदिन आग्रह गरेका हुन् ।

आत्महत्या गर्ने चेतावनी सहित देउवाका नाममा पत्र

“लोकतन्त्रमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्नु नागरिकको मौलिक अधिकार भएकाले त्यसैको आधारमा पक्राउ गर्नु न्यायसङ्गत हुन नसक्ने भएकाले खत्रीलाई छाडिदिन प्रधानमन्त्रीले आग्रह गर्नुभयो । मैले सोही आधारमा प्रहरी महानिरीक्षकसँग कुरा गरे” प्रधानमन्त्री पुत्र दाहालले भने ।

प्रचण्डका नाममा मोदीको ट्वीट- पूर्ण समर्थन रहन्छ

प्रहरीले पक्राउ परेका खत्रीलाई आजै छाड्ने जनाएको छ । रासस