४ असोज, काठमाडौं ।

नयाँ संविधान जारी भएको खुसियालीमा आयोजना गरिएको विशेष स्वागत समारोह केही बेरपछि सैनिक मञ्च टुँडिखेलमा सुरु भएको ।

समारोहलाई सम्वोधन गर्दै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान जारी भएपछि दिनलाई आफूले विशेष सन्देश दिनकोरुपमा लिन चाहेको बताएका छन् ।

prachanda tudekhel sambidhan

उनले आफ्नो भाषण शुरुवातमै माधव प्रसाद घिमिरेको कविता- नेपाली हामी रहुँला कहाँ नेपालै नरहे …… हिमालै नरहे … र गोपाल प्रसाद रिमालको कविता- एक जुगमा एक दिन एक चोटी आउँछ, उलटपुलट, उथल पुथल हेरफेर ल्याउँछ .. सुनाए ।

यो दिन सम्म आउँदा सजिलै नआएको स्मरण गराउँदै उनले ७० वर्षपछि मात्र यो अवस्थामा पुगेको नभुल्न उनले आग्रह गरे । प्रचण्डले शान्ति सम्झौताका हस्ताक्षरकर्ता तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई सम्झिँदै यो अवस्था सम्म ल्याउन भूमिका खेलका सबैप्रति श्रद्धाञ्जली ब्यक्त गरे ।

उनले संविधानसभाबाट संविधान जारी गर्नका लागि प्रमुख राजनीतिक शक्तिबीच एकता प्रदर्शन गर्दै तमाम चुनौती कायम राखेर मात्र सम्भव भएको भन्दै आगामी दिनमा पनि यस्तो एकता कायम हुनु पर्नेमा जोड दिए ।

उनले भने- ‘ केही दल र समुदायमा अझै असन्तुष्टि रहेका छन् । थारु र केही जनजातिमा पनि केही प्रश्न र गम्भी्र असन्तुष्टि छन् । जहाँ अधिकारको लडाई हुन्छ हामी त्यही हुन्छौं । असन्तुष्ट दलका धेरै माग सम्बोधन भएका छन् । पहिचान, समानुपातिक र समावेशीको मुद्धा, सम्बोधन भएको छ । सिमांकान बार्ताबाट सम्बोधन गर्न सकिन्छ । प्रचण्डले नागरिकताको मुदा सदाका लागि अन्त्य गरेको भन्दै अविलम्ब वार्ताको टेवलमा आउन अपिल गरेका छन् ।

उनले भारतबाट देखिएको चुनौतीतर्फ पनि घुमाउरो संकेत गर्दै सबै कुरा चिरेर यहाँ ल्याउन निक्कै कठिन भएको बताए ।

मधेशलाई विशेष अनुरोध

मधेशी समुदायलाई विशेष अनुरोध गर्दै प्रचण्डले नयाँ संविधानले समानुपातिक समावेसीको मुद्धा सम्बोधन गरेको भन्दै अन्यथा नलिन आग्रह गरे । यो संविधानमा सबैभन्दा अधिकार पाउनेमा मधेशी रहेको भन्दै उनले केही कुरा छुटेको भए वार्ताबाट समाधान गर्न सकिने मुद्धा छन् । उनले वार्तामा बस्न मधेशी नेताहरुलाई विशेष आग्रह गरे ।

उनले भने- म तपाइँको पक्षमा, जायज मागको पक्षमा निरन्तर लड्न तयार छु । तपाइँहरु विश्वस्त हुनुस् । यो पक्रियामा तपाइँहरु समावेस हुनुहुन्छ ।

अन्तराष्ट्रिय समुदायलाई विशेष धन्यवाद

प्रचण्डले संविधान जारी  गर्ने अवस्था सम्म आउँदा ल्याउन सहयोग गर्ने अन्तराष्ट्रिय समुदायलाई धन्यवाद दिएका छन् । उनले चीन र भारतले संविधानको स्वागत गर्ने विश्वास गर्दै उनले अर्काको देशको स्वतन्त्रताको सम्मान गर्ने विश्वास पनि उनले ब्यक्त गरेको छ ।

भारतलाई चेतावनी- जे भन्यो त्यही हुँदैन

भारतीय नेतालाई उनले भने- हामी तपाइँको असल मित्र बन्न चाहन्छौं । तपाइँको जायज चिन्ता र चासोलाई हामी संबोधन गर्छौं ।

नरेन्द्र मोदीको नेपाल कुटनीति असफल भएको दिन !

हाम्रो चासो र चिन्ता पनि  संवोधन गर्नुस् । उनले अर्काको स्वतन्त्रताको सम्मान गर्नेले मात्र आफ्नो स्वतन्त्रता पाउने भन्दै उनले भाारतलाई नेपालको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप नगर्न चेतावनी दिएका छन् । नेपाली जसले जे भन्यो त्यही मान्ने कहिले थिएनन् र कहिले हुने छैनन् भन्दै उनले विशेष सम्बोधन टुङ्ग्याएका छन् ।