४ असोज, काठमाडौं ।

नयाँ संविधान जारी भएको खुसियालीमा आयोजना गरिएको विशेष स्वागत समारोह केही बेरपछि सैनिक मञ्च टुँडिखेलमा सुरु भएको ।

स्वागत समारोहलाई प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

tudikhel sava 4

शीर्ष नेता कार्यक्रममा पुगिसकेका छन् । कार्यक्रममा सुशील कोइराला, केपी ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, रामचन्द्र पौडेल, कृष्ण सिटौला लगायतका नेता उपस्थित देखिन्छन् ।

tudikhel sava 5

बाबुराम र देउवा आउन बाँकी

समारोहमा अतिथिकोरुपमा नाम उद्घोष भैसकेपनि एमाओवादीका नेता बाबुराम भट्टराई र कांग्रेस नेता शेरबहादुर देउवा देखिएका छैनन् । उनीहरु आउन बाँकी रहको बताइएको छ ।

समारोहमा सहभागी हुन प्रमुख तीन राजनीतिक दलले विभिन्न स्थानबाट झाँकीसहितको र्‍याली आयोजना गरेका थिए ।

tudikhel sava 1
नेवार, मगर, थारु, गुरुङ समुदायले आ–आफ्नै परम्परागत वेशभूषासहितको र्‍याली निकालेका छन् । नयाँ संविधानको स्वागतका लागि नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।