२८ साउन, काठमाडौं ।

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने पाँच मन्त्रीहरुको घोषणा आफूले गर्ने बताएका छन् ।

साउदी दुई शहरमा निशाना बनाएर हानियो मिसाइल !

लाजिम्पाटस्थित नीजि निवासमा बसेको केन्द्रीय कार्यालयको बैठकमा प्रचण्डले पार्टीले आफूलाई जिम्मेवारी दिएकाले केही दिनभित्र घोषणा गरेर मन्त्रीहरुलाई जिम्मेवारी दिने बताएका हुन् ।

maoist meeting at balutawar

पाँच मन्त्रीको नामावली सार्वजनिक भएपछि प्रचण्डले केन्द्रीय कार्यालयको बैठक बोलाएर मन्त्री छनोट गर्ने जिम्मेवारी लिएका थिए ।

लाजिम्पाटमा बैठक, मन्त्री नभएका नेताको दादागिरी !

पार्टीभित्र मन्त्री छनोटमा विवाद बढ्दै गएपछि केन्द्रीय कार्यालयको बैठकले पार्टी अध्यक्ष प्रचण्डलाई नै जिम्मेवारी दिएको थियो । माओवादीका एक नेताका अनुसार कांग्रेले मन्त्रीको टुंगो लगाउना साथ प्रधानमन्त्रीले पार्टीबाट सहभागी हुने मन्त्रीहरुको घोषणा गरेर मन्त्रीमण्डलाई पूर्णता दिने सोचमा रहेका छन् ।

अब पार्टीको बैठक लाजिम्पाटमै हुने
प्रधानमन्त्री निर्वाचित भएको नौ दिनपछि प्रचण्ड आफनै निवास लाजिम्पाट फर्किएका छन । वालुवाटार र प्रचण्डको नीजि निवासको दुरी नजिक रहेकाले अब पार्टीको बैठक लाजिम्पाटमा नै निर्णय भएको एक नेताले बताए । उनले भने,‘सरकारी निवासमा पार्टीको बैठक गर्दा राम्रो सन्देश नजाने भएकाले यस्तो नीति लिएको हो ।’

prachanda house at lazimpat

प्रचण्ड प्रधानमन्त्री भएपछि मंगलवार प्रधानमन्त्री निवास वालुवाटरमा पार्टी केन्द्रीय कार्यालयको बैठक बसेको थियो । केपी ओली प्रधानमन्त्री हुँदा पार्टीको केन्द्रीय कमिट, स्थायी समितिको बैठक सरकारी निवासमा बोलाएको भन्दै उनकै पार्टीका नेताहरुले आलोचना भएपछि प्रचण्डले पार्टीको बैठक नीजि निवासमा नै गर्ने तयारी गरेको सचिवालयले बताएको छ ।

प्रधानमन्त्री भएको १० दिनमै प्रचण्डको अर्को क्रमभंगता

प्रचण्ड सरकारी निवास वालुवाटार सरेपनि लाजिम्पाटमा अहिले नेपाल प्रहरी र शसस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ । प्रचण्ड बस्दै आएको लाजिम्पाटस्थिति निवास भाँडामा लिएका हुन । हाल प्रचण्डको नीजि निवासमा सांसद सन्तकुमार दराई लगायतका बस्दै आएका छन् ।