३० असार, नयाँ दिल्ली ।

भारत भ्रमणका लागि मंगलबार दिल्ली पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् । प्रचण्ड र सुष्माबीच हैदरवाद हाउसमा भेटवार्ता भएको भारतीय विदेशमन्त्रालयका प्रवक्ताले दिएका छन् ।

भारतीय विदेश मन्त्रालयका प्रबक्ता बिकास स्वरुपले ट्वीटरमा तस्विर सार्वजिनक गर्दै नेपालका सबैपक्षसंग सम्बन्ध कायम गर्ने उदेश्यले विदेशमन्त्र स्वराजले प्रचण्डलाई भेटेको उल्लेख जनाएका छन् ।

Prachanda with sushma 1प्रचण्डलाई सुष्मा अघि विदेश सचिव एस जयशंकरले हैदरवाद हाउसमै भेट गरेका थिए ।

अध्यक्ष प्रचण्ड आजै तिन बजे प्रवासी नेपालीले गर्ने कार्यक्रममा सहभागि हुने तय भएको छ । प्रचण्डले शुक्रवार राष्ट्रपति प्रणब मुखर्जिसंग भेटबार्ता गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा नेपाल भारत र चिनको त्रिदेशिय साझेदारी सहित द्धिदेशिय सम्बन्ध बिकाशका लागि छलफल गर्ने बताएका छन् ।

यो पनि पढ्नुहोस्

भारत जानु अघि प्रचण्डले यस्तो भनेका थिए