फागुन, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भोली देखि शुरु हुने ६ दिने भारत भ्रमणबारे प्रधानमन्त्री कार्यालयले विवरण दिएको छ ।

प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तिमा ओली भारत भ्रमणका क्रममा आफ्नी धर्मपत्नि राधिका शाक्यसँगै राजकीय पाहुनाकोरुपमा भारतीय राष्ट्रपति भवनमा बस्ने उल्लेख छ ।

KP-oli-and-Modi

प्रधानमन्त्रीसँगै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, भूकम्प पछिको पूनः निर्माण प्राधिकरणका कार्यकारी प्रमुख, सांसद, सरकारका मुख्य सचिव तथा सञ्चारकर्मीहरु समेत सहभागी हुने जानकारी प्रधानमन्त्री कार्यालयले दिएको छ ।

ओलीको भ्रमणबारे के भन्दैछन् भारतीय मिडिया

प्रधानमन्त्री भोली शुक्रबार ६६ औं प्रजातन्त्र दिवसको अवसरमा भारतको नयाँ दिल्लीस्थित नेपाली दुताबासमा आयोजना हुने कार्यक्रममा सहभागी हुने पनि जनाइएको छ ।

शनिबार ओलीले भारतीय राष्ट्रपति भवनमा गार्ड अप अनर ग्रहण गर्ने र महात्मा गान्धीको समाधीस्थल पुगेर श्रद्धाञ्जली ब्यक्त गर्ने कार्यक्रम छ ।

ओली भारत भ्रमणका गोप्य ३ एजेण्डा !

शनिबार नै ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रधानमन्त्री निवास हैदरवाद हाउसमा भेट्ने छन् । मोदीको भ्रमणपछि उनको सम्मानमा दिवा भोजको आयोजना हुनेछ ।

भारतमा रहँदा प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग पनि शिष्टाचार भेट गर्नेछन् । दिल्लीमा ओलीले नेपाली समुदाय तथा भारतीय मिडियासँग समेत अन्तरक्रिया गर्नेछन् ।

भ्रमणको अन्त्यतिर ओलीले भारतको उत्तराखण्डमा पर्ने टिहिरी बाँध जलविद्युत आयोजनास्थलको भ्रमण गर्नेछन् । त्यसपछि ओली गुजरात पुगेर भूकम्पपछिको पुनः निर्माणबारे अवलोकन गर्नेछन् ।

२४ फेब्रुअरीमा ओली काठमाडौं फर्किने कार्यक्रम छ ।