३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा संवोधन गर्दैछन् । उनले सरकारले गरेका कामहरुको बारेमा आज संसदमा जानकारी गराउँदैछन् । उनले संबोधनको क्रममा सरकारले गरेका लामै कामहरुको सूची पढेर सुनाए । उनले यतिदेखि लतिलानिवास काण्डसम्मको बारेमा बोलेका छन् ।

सीमा विवादको विषयमा राष्ट्र एकठाउँमा छ । सरकारले मातृभूमिका रक्षा गर्छ । छिमेकी राष्ट्रसँग छलफल र समन्वयको आधारमा सरकार दृढताका साथ लागेको छ ।

कोरोना भाइरसका लागि चीन सरकारले नियन्त्रणको प्रयास गर्नु एकदमै सराहनीय काम भएको छ । नेपाली विद्यार्थीहरुलाई सुरक्षित राखिदिएकोमा चीन सरकारलाई धन्यवाद । त्यहाँ पढ्न गएका नेपालीहरु विद्यार्थीहरु ल्याउँदैछौँ । जो आउन चाहेका छन् । ल्याउने प्रयोजनका लागि आज राति उनीहरु आइपुग्छन् । हामी यसको उचित प्रवन्ध गर्नेछौँ ।

पुँजीगत खर्च भएन भन्नेप्रति मेरो ध्यान गएको छ । ठेकेदारलाई काम शुरु गरेपछि पहिला २० प्रतिशत खर्च दिइन्थ्यो भने अहिले जम्मा ५ प्रतिशतमात्र दिइन्छ । जसको कारण पुँजीगत खर्च कम हुन गएको छ ।

सिमित निर्माण व्यवसायीलाई धेरै काम दिनुले पुँजीगत खर्च बढ्न नसकेको देखिएको हो । यसलाई सुधार गर्दै लगिएको छ । सार्वजनिक खरिद नियमावलीलाई सुधार गर्दै रुग्ण आयोजना र अलपत्र ठेक्कालाई पूरा गर्नको लागि अन्तिमपटक काम गर्ने अवसर दिइनेछ ।

निर्मला हत्याको दोषी अब धेरै टाढा छैन, केही समयपछि नै दोषीहरु कानुनी दायरमा आउनेछन् ।