काठमाडौं, १३ चैत । कर्मचारी समायोजनमार्फत् संघ र प्रदेश रोजेर कर्मचारी गएपछि स्थानीय तहका जनप्रतिनिधिले असन्तुष्टि व्यक्त गरेका छन् ।

तिमध्येका एक हुन् मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान । उनले तत्कालिन नेकपा एमालेबाट अध्यक्षमा चुनाव जितेका हुन् । उनले कर्मचारी समायोजनपछि उत्पन्न परिस्थितिले चित्त नबुझेर प्रधानमन्त्रीलाई सम्बोधन गर्दै चिठी लेखेर आफ्नो फेसबुक एकाउण्टमा पोष्ट गरेका छन् ।
उनले भनेका छन्, समायोजनको क्रममा स्थानीय तहलाई खाली हुनेगरी व्यवस्थापन गर्नुभो, यहाँ जन्मदर्तामा सही गर्ने वडा सचिव नभएकोले जनताको छोराछोरीले नेपाली नागरिकता पाउनबाट बञ्चित भयो । ‘हेर्नुस् उनले लेखेकाे स्टाटस’