३० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नियमित सबै कार्यहरु गर्न सक्ने भएका छन् । शुक्रबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज भएलगत्तै जारी विज्ञप्तिमा आवश्यक सतर्कताका साथ आफ्नो नियमित आवश्यक सबै कार्यहरु गर्नसक्ने उल्लेख गरिएको छ ।

प्रधानमन्त्रीका निजी चिकित्सक एवं मृर्गौला रोग तथा प्रत्यारोपण चिकित्सा विभागकी प्रमुख प्राध्यापक डाक्टर दिव्या सिंह शाहद्वारा जारी विज्ञप्तिमा डिस्चार्जपछि सयमसयममा नियमित फलोअपमा रहनुपर्ने बताइएको छ । साथै उनी चिकित्सकको निगरानीमा रहने विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीको भाइटल र ल्याब प्यारामिटरहरु राम्रो अवस्थामा जानकारी दिँदै अस्पतालले शिक्षण अस्पताललाई भरोसा गरी उपचार गर्ने अवसर दिएकोमा अस्पताल गौरवान्वित भएको जानकारी गराएको छ । ओलीलाई दोश्रो पटक मृर्गौला प्रत्यारोपणका लागि फागुन १९ गते अस्पताल भर्ना गरिएको थियो । २१ गते मृर्गौला पत्यारोपण गरेका ओली शुक्रबार साँझ ६ः३० बजे डिस्चार्ज भएका हुन् ।