२७ पुस, काठमाडौ ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले पृथ्वी जयन्तीको अवसरमा विदा नदिने निर्णय गरेपनि एमाले वरिष्ठ नेता झलनाथ खनाल भने दिवसको पक्षमा देखिएका छन् ।

jhalnath khanal

फाइल तस्बिर

राष्ट्रिय एकताका प्रतिमूर्ति पृथ्वीनारायण शाहलाई विर्सन नहुने बताउदै नेता खनालले सोमवार पृथ्वी जयन्तीको अवसरमा आयोजित र्यालीको उदघाटन गरेका छन् । खनालले उदघाटन गरेको कार्यक्रममा एमालेका नेता मोदनाथ प्रश्रित लगायतको सहभागीता रहेको थियो ।

सरकारले सार्वजनिक विदा नदिए पनि पृथ्वीनारायण शाहको तस्बीरलाई सेनाको बग्गिमा राखेर सहर घुमाइएको थियो । र्याली रत्नपार्क, भद्रकाली हुदै सिंहदरवार पश्चिम गेटमा पुगेर समापन भएको थियो । पृथ्वी जयन्ती मनाउने-नमनाउने विषयमा एमालेभित्र नै विवाद हुँदै आएको छ ।

यो पनि पढ्नुस्।

कमल थापाले दिए प्रधानमन्त्री ओलीलाई चेतावनी

‘Happy birthday पृथ्वी बा’ भन्दै दिपकले यस्तो लेखे

वर्तमान सरकार उल्लूहरुको झुण्ड हो: अध्यक्ष महतो

ट्वटिरबाट आफ्नै सरकारमाथि जाइलागे कमल थापा