११ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला डायलासिस गरेर सरकारी निवास बालुवाटार फर्किएका छन् ।

दिउँसो त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका प्रधानमन्त्री ओली केहीबेरअघि निवास फकिएका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्लाज्मा फेरेसिसले काम गर्न छाडेपछि उनी नियमित डायलासिस गराउँदै आएका छन् । मनमोहनमै प्रधानमन्त्री ओलीको एपेण्डिक्सको शल्यक्रिया पनि गरिएको थियो । पहिला ग्राण्डी अस्पतालमा डायलासिस गराएका ओलीले त्यसबेलादेखि मनमोहनमै लगातार डायलासिस गराउँदै आएका छन् ।