२२ बैशाख, काठमाडौ ।
प्रधानमन्त्री शुसिल कोइराला आज बिहान गोरखा सदरमुकाम जाने भएका छन । भूकम्पले क्षेति पु-याएको गोरखामा प्रधानमन्त्री कोइरालाले राहत वितरण र क्षतिको विवरण लिनुका साथै बारपाक हेर्न जाने कार्यक्रम समेत तय भएको छ ।

राजधानी देखी बिहान ८ बजे गोरखा सदरमुकाम आउने कार्यक्रम तय भए पछि सुरक्षा सर्तकता बढाईको छ । चोक तथा गल्ली गल्लीमा शसस्त्र र नेपाल प्रहरीका जवानहरु खटिएका छन । प्रधानमन्त्री कोइराला १ घण्टा मात्र गोरखामा बसेर राजधानी फर्कने कार्यक्रम तय भएको छ ।

sushil airpotगोरखा सदरमुकाममा उनले जिल्ला दैवि प्रकोप उद्वार समितिले गरेको कामको अबलोकनका साथै राहत वितरण सम्वन्धी जानकारी लिने छन भने त्यस लगत्तै बिनाशकारी भूकम्पको केन्द्र बिन्दु रहेको गोरखाको बारपाक गाउँ अबलोकन लगत्तै राजधानी फर्कने कार्यक्रम तय भएको छ ।