२२ बैशाख, काठमाडौं ।

वैशाख १२ गते शनिबारदेखि गएको बिनाशकारी भूकम्पको धक्का बिस्तारै कम हुँदै गइरहेको छ । मंगलबार बिहान ६ बजेर ४९ मिनेट जाँदा नुवाकोट र धादिङ केन्द्र भएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Nepal Earthquake Kathmandu to Sukute  (15)
सोमबार चार रेक्टर स्केलभन्दा माथिका नौवटा भूकम्प गएको थियो । यससँगै वैशाख १२ गतेदेखि अहिलेसम्म चार रेक्टर स्केलभन्दा माथिका १ सय ४२ वटा भूकम्पको धक्का महसुस गरिएको र तुलनात्मक रूपमा भूकम्पका धक्का बिस्तारै कम हुँदै गैरहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार भूकम्पको धक्का तुलनात्मक रूपमा न्यून हुँदै गएको छ । ६ रेक्टर स्केलभन्दा मुनिका भूकम्पले कुनै असर नगर्ने भएकाले ससाना धक्का आउँदा आत्तिनुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।
ठूलो रेक्टर स्केलको भूकम्प आएको हुनाले ससाना धक्का महिनौंसम्म जान सक्ने विज्ञले बताएका छन् । स–साना भूकम्प गइरहँदा ठूलो भूकम्प नजाने उनीहरुको भनार्इ छ । रासस