१७ माघ, काठमाडौं ।

सरकार सञ्चालनमा सहयोग गर्न बनेको प्रचण्ड संयोजकत्वको उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठक केही बेरमै टुङ्गिएको छ ।

सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री केपी ओलीको कार्यव्यस्तताको कारण देखाएपछि प्रस्तावित एजेण्डामा छलफल नै हुन नपाएको बताइएको छ ।

Prachanda samyantra baithak

प्रचण्डको सचिवालयले बैठक साँझ ५ बजे पुनः बस्ने जनाएको छ ।

बैठकमा भारतले लगाएको नाकाबन्दी, मधेसी दलसँगको वार्ता संबिधान संसोधनपछिको परिस्थिती बारे छलफल हुने तय भएको थियो । सरकारको काम सन्तोषजनक नभएको भन्दै सत्ता साझेदार एकिकृत माओवादीले असन्तुष्टि जनाएपछि प्रधानमन्त्री केपी ओलीले बैठक बोलाएका थिए ।

भारतीय मिडिया भन्छ- ओली पहिले चीन जान सक्छन्