२९ भदौ, काठमाडौं ।

असोज २ गते हुने स्थानीय तह निर्वाचनको क्रममा प्रदेश नम्बर २ का ८ वटा जिल्लाहरूको प्रमुख निर्वाचन आयुक्तले नै अनुगमन गर्ने भएका छन् ।

प्रमुख आयुक्त डा. यादवले भोलीदेखि असोज २ गतेसम्म बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी, महोत्तरी, धनुषा र सिराहा जिल्लाको स्थलगत अनुगमन गर्ने निर्वाचन आयोगले जनाएको छ ।

त्यसक्रममा उनले स्थानीय तहको निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय, राजनीतिक दल, निर्वाचनसँग सरोकार राख्ने व्यक्ति तथा समूहसँग छलफल तथा भेटघाट गर्ने कार्यmम तय भएको छ ।

साथै उनले सुझाव संकलन गर्नुका साथै सरोकार निकायलाई आवश्यक निर्देशन पनि दिनेछन् । असोज २ गते प्रदेश नम्बर २ का बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी, महोत्तरी, धनुषा र सिराहा जिल्लाका १३६ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ ।