१ भदौ, भक्तपुर । राष्ट्रिय महिला आयोगका अध्यक्ष भगवती घिमिरेले प्रमुख पदमा पुरुष मात्र बस्न नपाइने बताएकी छन ।

चाँगुनारायण नगरपालिका–९ ताँथलीस्थित नालाछाप महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको तीज कार्यक्रम तथा संस्थाको १६औँ वार्षिक साधारणसभाका अवसरमा अध्यक्ष घिमिरेले महिलालाई महिलालाई सशक्त बनाउने नीति र कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् ।

सो अवसरमा वडा नं ९ मा निर्वाचित वडाअध्यक्ष गणेश त्यात तथा सदस्य कमला गिरी, कृष्णराम वासुकला, विद्यापति थापा र सुमित्रा दर्जीलाई सम्मान गरिनाका साथै संस्थाको सबैभन्दा बढी शेयर खरिद गर्ने सदस्य सीता पराजुली र असल ऋणी कमला थापालाई पुरस्कृत गरिएको थियो ।

विसं २०५८ मा स्थापित सो संस्थामा ५१८ सदस्य छन् । संस्थाले गत आव २०७३/०७४ मा रु दुई लाख ९३ हजार १३७ नाफा गरेको संस्थाका अध्यक्ष उषा ढुंगानाले जानकारी दिइन् । रासस