२४ कात्तिक, एजेन्सी ।

अनपेक्षितरुपमा चुनावमा पराजय भएपछि अमेरिकी डेमोक्र्याटिक पार्टीकी राष्ट्रपतीय उम्मेदवार हिलारी क्लिन्टनले आज कुनै प्रतिक्रिया नदिने भएकी छिन् ।

हिलारी समर्थकको रुहावासी (फोटो फिचर)

चुनावको अन्तिम नतिजा नआए सम्म उनले कुनै पनि प्रतिक्रिया नदिने सचिवालयले जनाएको छ ।

hilari-clinton-sad

हिलारीका प्रमुख सहयोगी जोन पोडोष्टले हिलारीले आज कुनै प्रतिक्रिया नदिने र चुनावको अन्तिम नतिजा नआए सम्म हार स्वीकार नगर्ने बताएका हुन् ।

ट्रम्पले ह्वाइट हाउसमा के के गर्लान् (अनुमान फिचर)

हिलारीको हेडक्वार्टरमा जम्मा भएका समर्थकहरुलाई उनले घर गएर सुत्न सुझाव समेत दिए ।

चुनावमा अनपेक्षित नतिजा निकाल्दै रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प विजयी भएका छन् । उता डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनको क्याम्पमा रुहावासी मच्चिएको छ ।

ट्रम्प अमेरिकी राष्ट्रपति बने नेपालीलाई के हुन्छ ?

हिलारी क्लिन्टनको हेडक्वार्टरमा बसेर चुनावी नतिजा कुरिरहेकाहरु ट्रम्पले अग्रता फराकिलो पारेपछि रुन थालेका थिए । डेली मेलका अनुसार हिलारीको हेडक्वार्टरमा उनका समर्थकहरु रोइरहेका छन् भने ट्रम्पको हेडक्वार्टरमा विजय उत्सव शुरु भैसकेको छ ।