८ माघ, काठमाडौ ।
राष्ट्रिय मानव अधिकार आयोगले मोरङको रङ्गेलीमा स्थानीय प्रशासनले सुरक्षा सकर्तता नअपनाउदा प्रहरीको गोली लागि तीन जनाको मुत्यु भएको बताएको छ । आयोगले रङ्गेली घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीले शुक्रवार एक विज्ञप्ती जारी गर्दै मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन एवं घाइतेहरुको तत्काल निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि आग्रह गरेकी छिन् ।

प्रहरीले चलाएको गोली लागेर सर्वसाधारणको मृत्यु हुनु मानव अधिकारको स्थापित अन्तर्राष्ट्रिय मूल्य र मान्यता विपरीत भएको बताएको छ।

‘शान्तिपूर्वक भेला हुन र सभा, जुलुस गर्न पाउने नागरिकको संविधान प्रदत्त अधिकार संरक्षण गर्न तथा नागरिकको जीवनको अधिकारको रक्षा गर्न आयोग सम्बन्धित निकायलाई पुनः आग्रह गर्दछ, विज्ञप्तीमा भनिएको छ ।

विहिवार प्रहरीले चलाएको गोली लागेर रङ्गेली ४ चोपडा टोलकी ६० वर्षीया द्रोपदीदेवी चौधरी, बरडंगा २ का महादेव ऋषिदेव र डायनिया ९ का शिवु माझीको मृत्यु भएको थियो ।

रङ्गेली  घटनाको विषयलाई लिएर मधेसी मोर्चा र एमालेबीच आरोप प्रत्यारोप सुरु भएको छ । युवा संघको कार्यक्रममा प्रधानमन्त्री केपी ओली जाने भएपछि रंगेलीमा निकालिएको जुलुस अन्त्रित हुदा आन्दोलनकारी माथि प्रहरीले गोली चलाएको थियो । रङ्गेली घटनालाई मोर्चाले सरकारले वार्ता विथोल्ने घटनाको रुपमा टिप्पणी गरेको छ ।

यो पनि पढ्नुस्।

वार्ता विथोल्न रंगेली घटना घटाइयोःयादव

विश्वमा यसरी निकालिन्छ उर्जा, नेपालमा कस्तो छ सम्भावना?

झाँक्री सुकबहादुरविरुद्ध ज्यान मार्ने मुद्दा

नेपालका १० उत्कृष्ट होटल

मोर्चासँग आबद्ध दलबाट सदन बहिष्कार

रङ्गेलीबजार बन्द