७ माघ, काठमाडौ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले वार्ता विथोल्न रंगेली घटना घटाइएको बताएका छन् ।

सरकार आफै वार्ता भाँड्ने खेलमा लागेको बताउदै उनले वार्ता र संवाद मार्फत् नयाँ संविधान संशोधन गरी मुलुकलाई निकास दिनुको सट्टा आन्दोलनकारी माथि चरम दमन गरी सरकार वार्ता विथोल्ने काममा लागेका बताएका हुन् ।

फाइल तस्बिर

फाइल तस्बिर

मधेशी मोर्चा र सरकारबीच वार्ता प्रक्रिया चलिरहेकै अवस्थामा मोरङ्गको रंगेलीमा प्रहरीको गोली प्रहारबाट तीन जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै यादवद्धारा जारी विज्ञप्तीमा प्रहरीको गोली लागि ६० वर्षिय पुनम चौधरी उपचारका लागि अस्पताल लैजाने क्रममा महादेव ऋिषिदेव, र शिबु माझीको मृत्यु भएको बताएका छन् । यादवले प्रहरीले गोली लागि ३५ जना भन्दा बढी आन्दोलनकारी गम्भीर घाइते बताएका छन् ।

मोर्चाको विरोधका बावजुद संवेदनशील स्थानमा कार्यक्रम आयोजना गरी सरकारले जारी आन्दोलनलाई साम्प्रदायिक मुठभेड तर्फ लैजाने, आन्दोलनलाई कमजोर बनाउने खेलमा लागेको बताएका छन् । उनले पाँच महिना बढीदेखि आन्दोलनरत मधेशी, आदिवासी जनजाति, खस, थारु, महिला लगायत सीमान्कृत र उत्पीडित समुदायलाई पहिचान र अधिकार नदिने षड्यन्त्रमा लागेको रंगेली घटनाले प्रष्ट हुन्छ,यादवले भनेका छन् ।

यो पनि पढ्नुस्।
रंगेलीमा ३ जनाको मृत्यु, तनाव बढेपछि कर्फ्यू
भारतीय टेलिभिजनलाई ओलीले भने- २ देशबीच असमझदारी बढाउन चाहन्न (भिडियो सहित)
आन्दोलन गरेकै भरमा संविधान संसोधन हुँदैन- कमल थापा
मोर्चाका नेतालाई ओलीको प्रश्न– हाताहाति भनेको के हो ?