अमेरिकी च्याट शो  ‘द भ्यु’ मा प्रियङ्काले आफुलाई खबर पत्नी बताएकी छिन्। 

म निकै खराब पत्नी हुँ, किनकी मलाई खाना पकाउन आउँदैन। निक दक्षिण अमेरिकाको यस्तो घरका छोरा हुन जसको घरका महिला मिठो खाना पकाउँछन। निकीको आमा आफैमा एक राम्रो कुक हुनुहुन्छ। मलाई केवल अण्डा र टोस्ट बनाउन आउँछ।’ प्रियंकाले शोमा भनिन।

priyanka chopra the view show (2)

निकले विवाहको प्रस्ताव राख्दा प्रियङ्काले भनेकी रहेछिन्, शोमा उनले भनिन, निकलाई जब मैले आफूलाई खाना बनाउन नआउने भने, निकले भने, केही छैन बेब, मलाई पनि खाना बनाउन आउँदैन।’

च्याट शोको तस्विर प्रियङ्काले आफ्नो इन्स्टाग्राममा सेयर गर्दै मार्च २७ मा उनको युट्युब स्पेसल ‘If I Could Tell You Just One Thing’आउने बताएकी छिन्।