प्रोटिन शरीरको लागि अत्यन्त आवश्यक पोषक तत्व हो। यसले शरीरको वृद्धि विकास र मर्मत गर्छ। मानवको शरीरमा करिब २०% प्रोटिन हुन्छ। प्रोटिनका धेरै स्रोतहरु छन्। भेज अनि नन-भेज। भनिन्छ, भेज अर्थात शाकाहारी स्रोतबाट पाइने प्रोटिन मांसहारी स्रोतको भन्दा उत्तम हुन्छ। मासुमा पाइने प्रोटिन शरीरको लागि अस्वस्थकर हुने पाइएको छ। तर काजु बदाम र फलफूलका बियाँमा पाइने प्रोटिनले मस्तिष्क समेत स्वस्थ राख्छ।

यसबारेका अधिकांश खोज तथा अनुसन्धान भन्छन् कि मासुको प्रोटिनले मुटु सम्बन्धी रोग बढाउँछ। जहाँ भेज स्रोतका प्रोटिन मुटुको लागि उत्तम हुन्छ।

ननभेज खानेकुरा सवेनले कार्डियोभास्कुलर डिजिज (मुटुसम्बन्धी रोग) बढेको देखिएको छ। यी खानेकुरामा माछा, विभिन्न प्रकारका अण्डा, डेरी प्रोडक्ट जस्तै चीज, दूध, रातो मासु (जस्तै खसी, बोका), कुखुराको मासु आदी पर्दछन्।

भेज खानेकुराहरुमा दाल, काजु, बदाम लगायतका विभिन्न प्रकारका बीउ तथा बियाँहरू, तरकारी र फलफूल (विशेष गरी एभोकाडो आदी पर्दछन्। यी शाकाहारी स्रोतबाट पाइने प्रोटिनले ठ्याक्कै उल्टो काम गर्छ। अर्थात मुटु रोग कम गर्छ अनि मस्तिष्क ताजा राख्छ।