१३ माघ, काठमाडौं । ह्वात्तै बढेर ओरालो लागेको शेयर बजारमा आज फेरि हरियाली छाएको छ ।

अज बजार परिसूचक नेप्से २३ दशमलब ९५ अंकले बढेर १ हजार ३ सय दशमलब ६२ अंकमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स ४ दशमलव ५३ अंकले बढेको छ । बजार बढेपनि कारोबार रकम भने केही खुम्चिएको छ ।

आज २४ लाख ९ हजार २ सय ६२ कित्ता शेयर ९१ करोड ७३ लाख ५९ हजार ८ सय ६५ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज सबै समूह र उपसमूह हरियो भएका छन् । सबैभन्दा धेरै शेयर कारोबार ग्लोबल आइएमईको भएको छ ।