२३ असार, फिलिपिन्स । फिलिपिन्समा बिहीबार गएको शक्तिशाली भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ भने अरु सय जना घाइते भएका छन् ।

सरकारी अधिकारीहरुले भूकम्पका कारण दर्जनौ घरहरुमा क्षती पुगेको जानकारी दिएका छन् । भूकम्पको केन्द्रविन्दु लेयट प्रान्तमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले बिहीबार जनाएको छ ।

सर्बेक्षण संस्थाले ६.५ म्याग्नीच्युडको भूकम्प ६.५ किलोमिटर गईराईबाट आएको जनाएको छ ।

फिलिपिन्सका भूकम्पविज्ञहरुले लेयटको कानाङगा भन्ने ठाँउ देखि दुई किलोमिटर टाढा सम्म निकै धेरै कम्पनको महशुष गरिएको बताएका छन् ।

पृथ्वीको सतह धेरै कमजोर हुदै गएकाले यस्ताप्रकारका भूकम्प आउने गरेको उनीहरुको भनाई छ ।
भूकम्पका कारण कानाङगामा रहेको एउटा घर भत्कीदाँ एक जनाको मृत्यु भएको र अरु कम्तीमा दश जना घाइते भएको लेयटे प्रान्तका गभर्नर लेओपोल्डो डोमिनीको पेटिल्लाले जानकारी दिए ।

भत्किएको घरबाट एक जनालाई जिवितै तर घाइते अवस्थामा उद्धार गरिएको उनले बताए ।
“मलाई लाग्छ घरले पुरिएकाहरुलाई बाहिर निकाल्न उद्धारकर्ताहरुले रातभरी मेहेनत गर्ने छन् र त्यो काम गर्न उनीहरु सफल हुनेछन्,” उनले भने ।

कानाङगाका उपप्रमुख एल्मेर कोडिल्लाले भत्किएको घरको तल्लो तलामा व्युटि पार्लर र माथिल्लो तलामा गेष्ट हाउस रहेको जानकारी दिए ।

घरमा बस्ने, कार्यालयका कर्मचारी र विद्यार्थीहरु गरी हजारौ व्यक्तिहरु घरबाट भागेर बाँच्न सफल भएका छन् ।

कानाङगा देखि झण्डै ३० किलोमिटर टाढा रहेको अर्को शहर ओर्मोकका प्रमुख रिचार्ड गोमेजले पहिरोका कारण एक युवतीको मृत्यु भएको बताए । त्यस क्षेत्रमा अन्य एक सय जना घाइते भएका छन् ।

फिलिपिन्स बारम्बार भूकम्प जाने गर्दछ । यो पछिल्लो भूकम्प शक्तिशाली भएपनि भूकम्पपछि सुनामीको खतरा भने नरहेको सार्वजनिक सूचना जारी गरिएको छ । रासस/सिन्ह्वा