४ माघ, एजेन्सी । एक प्रहरी अफिसरले पार्किङमा राखिएको कारमा एक फुटबलरकी पत्नीसँग शारीरिक सम्पर्क बनाएका छन् । घटनापछि ४९ सालका अफिसर गरेथ ब्लेयरलाई निलम्बन गरिएको छ । एडिनबर्गको अदालतमा यस घटनाको सुनुवाई चलिरहेको छ ।

सरकारी वकिलका अनुसार अफिसर र महिलालाई आपत्तिजनक अवस्थामा भेटिएको थियो । यो घटना ब्रिटेनको एडिनबर्गको हर्मिस्टनको हो । इंग्ल्याण्डका पूर्व फुटबलर ली मकेलकी ४१ वर्षीय पत्नी क्लेयर मकेलसँग सार्वजनिक स्थानमा शारीरिक सम्बन्ध बनाएको आरोपमा प्रहरी अफिसरमाथि मुद्दा चलाइएको हो ।

अफिसरमाथि गत दुईवर्षमा दुईपटक सार्वजनिक स्थानमा अश्लिल क्रियाकलाप गरेको आरोप छ । घटनाको समय अफिसर स्कटल्याण्डको इलीट क्राइम स्ववाँयड गार्टकोश क्राइम क्याम्पसका प्रमुख थिए । घटनापछि महिला आफ्ना फुटबलर पतिसँग अलग भइन् । अहिले प्रहरी अफिसर र उक्त महिला सँगै बस्दै आएका छन् ।

घटनापछि महिललाई पनि प्रहरीले पक्राउ गरेर आरोपी बनाएको थियो । अदालतले यो घटनाको सन्दर्भमा प्रहरी अनुसन्धान गरेर रिपोर्ट लिएर आउन कमिश्नरलाई आदेश दिएको छ । पटक–पटक सार्वजनिक स्थानमा अश्लिल क्रियाकलाप गरेको भन्दै उनीमाथि कडा कारवाहीको माग गरिएको छ ।