कुशल श्रेष्ठ

केहि महिना अगाडि फेसबुकका सीईओ मार्क जुकरबर्गले आफ्नो फेसबुक पेजमा ‘नयाँ सुविधामा के थप्दा उचित होला?’ भनेर प्रयोगकर्ताहरूसँग प्रतिक्रिया मागेका थिए। प्रतिक्रियामा धेरैले Dislike बटनको सल्लाह दिए भने कतिपयले ‘Dislike’ बटन माग्नेले फेसबुक नै बन्द गरेर बसे हुन्छ समेत भने।

गत बुधबार (फेब्रुअरी २४) मार्कले आधिकारिक रूपमै ‘Reactions’ फिचरको सार्वजनिक गरेका छन्। उनले भने- “वर्षौँदेखि प्रयोगकर्ताहरूले Dislike बटनको माग गर्दै आएका छन्, तर कुनै पोस्टलाई मन नपराएर होइन, बरु सहानुभूती प्रकट गर्नका लागि! त्यसैले मैले धेरै सोँचे अनि अन्ततः यो Reactions ल्याएँ। तपाईँले यसको मार्फत Like जस्तै माया, हाँस्यात्मक, रोचक, दुःखद अनि क्रोधको अभिव्यक्ति प्रकट गर्न पाउनुहुन्छ।”facebook-reactions

फेसबुकले नयाँ सुविधा त ल्यायो, तर यी Reactions सुविधालाई उपयुक्त ढङ्गले कसरी प्रयोग गर्ने? कुन बटनले के अर्थ बोकेको छ? कतिबेला Like गर्ने, अनि कति बेला Love गर्ने? कस्तो पोस्टलाई wow गर्दा अभद्र हुन्छ?

फेसबुकको नयाँ Reactions सुविधा प्रयोग गर्नुभन्दा अगाडि केहि छोटो-मिटो टिप्स पढनुस्, ताकी फेसबुक चलाउँदा थप मज्जा आवस्।

कसरी प्रयोग गर्ने Reactions?

यो Reactions पनि Like जस्तै बटन हो, जसलाई क्लिक अथवा ट्याप गरे पुग्छ। ल्यापटप वा पिसीबाट फेसबुक चलाउँदा भने थोरै फरक छ। कम्प्युटरमा Like बटनको माथि माउसलाई १ सेकेण्डसम्म राख्दा Reactions का बटनहरू देखा पर्दछन्। स्मार्टफोनमा Like बटनमा एक सेकेण्डसम्म ट्याप गर्दा Reactions बटन देखा पर्दछन्।

कति बेला कुन Reaction प्रयोग गर्ने?

reactions-like-Like:  फेसबुकले आफ्नो सुविधामा जस्तोसुकै परिवर्तन ल्याओस् अथवा पोस्टको गुणस्तर जस्तोसुकै होस्, केवल लाइक मात्र बटन भएको बेला यो नै एक मात्र उपाय थियो। पोस्ट मन पर्यो वा ठिक छ भनि जनाउनको लागि लाइक बटन प्रयोग गर्न सकिन्छ।

reactions-loveLove: तपाईँलाई कुनै पोस्ट अत्ति नै मन पर्यो भने ‘मुटुको चिन्ह’ लगाउनुहोस्- यो पनि एक किसिमको Like नै हो, तर भावनाले भरिएको। Love ले दया, माया र सद्भावलाई झल्काउँछ। सकारात्मक प्रतिक्रियाको सकारात्मक प्रस्तुति हो Love। तर फेरि कुनै दुःखद घटनाको पोस्टमा Love लगाउँदा अझ बढि सहानुभूती र साथ हुन्छ भन्ने गलत धारणामा नपर्नुस्, यस्तो अवस्थामा सो दुःखद घटनालाई ‘ओहो, मलाई असाध्यै मन पर्यो!’ भन्ने प्रतिक्रिया दिएको जस्तो हुन्छ।

reactions-hahaHaha: LOL, LMAO, ROFL- जेसुकै भन्नुहोस्। कुनै पोस्टले तपाईँलाई मज्जाले हँसायो भने यो Reaction को प्रयोग गर्न सकिन्छ। तर Haha ले पनि धेरै कुरालाई सङ्केत गरिरहेको हुन्छः तपाईँलाई हँसाएको पोस्टले अचम्मित (wow) अथवा कृतज्ञ (Love) पनि गराएको हुन सक्छ। त्यसो भएमा अन्य बटन प्रयोग गर्न सकिन्छ।

reactions-wow

Wow: यसले पनि दुई तरिकाको प्रतिक्रियालाई बुझाउँदछ- कुनै पोस्ट एकदमै अचम्मित खालको लागेमा अनि अर्को भनेको कसैको पोस्टलाई व्यङ्ग्यात्मक प्रतिक्रिया दिनुपरेमा wow को प्रयोग गरिन्छ।

reactions-sad

Sad: कसैको व्यक्तिगत दुःखद घटना जस्तै; मृत्यु, सम्बन्धबिच्छेद वा दुर्घटनाप्रति दुखी प्रतिक्रिया गर्न पहिलेको Like बटनले गलत अर्थ लगाउन सक्थ्यो। अब भने दुखी भएको जनाउन यो बटन फेसबुकले उपलब्ध गराएको छ।

reactions-angry

Angry: प्रत्यक्ष रूपमा आक्रामक बनेर नराम्रो हुनुभन्दा ठ्याक्क Angry बटन क्लिक गर्दा पोस्टप्रति अस्वीकृति व्यक्त गरेको जनाउँदछ, जसले अनावश्यक वैमनश्यतालाई कम गराउँदछ। पहिले कुनै पोस्टले अति क्रोधित बनायो अथवा त्यस पोस्टले भन्न खोजेको कुरा स्वीकार्य नै भएन भने न Like गर्न मिल्ने, न Dislike बटन कै उपलब्धता थियो। केहि गरेन भने पनि चित्त नबुझ्ने। तर अहिलेको Angry बटनको मार्फत तपाईँको अस्वीकारलाई सजिलै व्यक्त गर्न सकिन्छ। फेरि यसले अर्को अर्थलाई पनि बुझाउँदछ- कुनै पोस्ट तपाईँलाई मन पर्यो र त्यस पोस्टले कुनै घटनाको विरुद्धमा आक्रोष व्यक्त गरेको छ अनि तपाईँलाई पनि त्यस पोस्टको आक्रोषमा सामेल हुन मन लाग्यो भने Angry बटन लगाउन सक्नुहुन्छ।

यो पनि हेर्नुहोस्-
एण्ड्रोइडको फेसबुक म्यासेन्जरले एउटा भन्दा बढि अकाउण्ट सपोर्ट गर्ने
फेसबुक चाहँदैन कि तपाईँ यो फोटो हेर्नुस्

फेसबुकमा फोटो अपलोड गर्नु अघि जान्नै पर्ने ६ कुरा

फेसबुकका मालिकले सँधै एकै खाले कपडा किन लगाउँछन् ?
फेसबुकले प्रयोगकर्तालाई थाह दिन नचाहने ९ कुरा