११ माघ, एजेन्सी ।

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता बेगम खालिदा जियालाई पक्राउ गरिएको छ ।

उनलाई पाकिस्तान विरुद्ध सन् १९७१ को युद्धका शहिदहरु प्रति दिएको अभिब्यक्तिको विषयलाई लिएर पक्राउ गरिएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।

ढाकाको महानगरीय मजिष्ट्रेट कोर्टमा उनीविरुद्ध मुद्धा दायर गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

Begam Khalida Jiya

गत वर्षको डिसेम्बरमा भएको एक बहसका क्रममा खालिदा जियाले पाकिस्तानसँग भएको युद्धका क्रममा मारिएकाहरुको संख्याबारे आशंका ब्यक्त गरेकी थिइन् ।

जियाको दलले भने यो मुद्धा राजनीतिबाट प्रेरित रहेको आरोप लगाएको छ ।