कुशल श्रेष्ठ

नासाको ‘ग्रह खोजी गर्ने केप्लर मिसन’ले अन्य तारालाई घुम्दै गरेको १०० वटा भन्दा बढी एलियन ग्रह भेटेको दाबी गरेको छ। पृथ्वीले सूर्यलाई घुमेझै यी ग्रहहरुले पनि आफ्नै तारालाइ घुम्दै छन्।

यी ग्रहहरूको बारेमा प्राप्त भएको जानकारी पहिलेको केप्लर मिसनले देखाएको भन्दा धेरै फरक रहेको ‘युनिभर्सिटी अफ एरिजोना’का ‘इयन क्रसफिल्ड’ले ‘अमेरिकन एस्ट्रोनोमिकल सोसाइटी’को सम्मेलनमा खुलासा गरेका छन्।Nasa Logo

इयनले गरेको रिपोर्टको अनुसार, नयाँ पत्ता लगाइएका ग्रहहरू ‘बहु-ग्रह प्रणाली’मा रहेका छन्। साथै मूल केपलर फिल्डमा भएका ताराहरूभन्दा यी ग्रहहरू बढी चम्किलो र तातो रहेको रिपोर्टले जनाएको छ।

नासाको उक्त मिसनले पृथ्वीभन्दा ठूलो रहेको ३ वटा ग्रहको प्रणाली फेला पारेको छ। साथै, ‘हायडिज’ (Hyades) तारा समूहमा पनि अर्को ग्रह फेला पारेको छ- हायडिज तारा समूह पृथ्वीबाट सबैभन्दा नजिक पर्ने ताराको समूह हो। ‘सेतो ड्वार्फ तारा’लाई घुम्दै गर्दा पड्किरहेको ग्रहलाई पनि यस मिसन अन्तर्गतको अन्तरीक्षयानले पत्ता लगाएको छ।

भेटिएका मध्ये केही ग्रहहरु जीवनको सम्भावना हुनसक्ने गरि आफ्ना ताराबाट उचित दुरीमा रहेको समेत नाशाले अड्कल काटेको छ। पृथ्वी झैँ जीवनको सम्भावना बोक्न सक्ने केही प्रमाण भेटिनेमा आशा गर्न सकिने ठाउँ रहेको नाशाले बताएको छ।

पृथ्वी-जस्तै अन्य ग्रहहरू आकासगंगा तारापुञ्जमा कति छन् भनि पत्ता लगाउन नाशाले सन् २००९ मा केप्लरलाई अन्तरिक्षमा पठाएको थियो। यसले सन् २००९ देखि २०१३ सम्ममा मात्रै १,००० वटा भन्दा बढी ग्रहहरू फेला पारेको छ।

त्यसपछि सन् २०१३ मा केप्लर मिसनको पहिलो यानले राम्रोसँग काम गर्न छाडेपछि नासाले अर्को यान ‘के २’ पठाएको थियो। यसले आकासगंगा तारापुञ्जमा घुम्ने तारा, ग्रह अनि सुपरनोभाको खोजी गरिरहेको छ।

यो पनि हेर्नुहोस्-
नासाले सार्वजनिक गर्‍यो सूर्यबाट आगो निस्किँदै गरेको एचडी दृष्य (भिडियो सहित)
२०१५ को महत्वपूर्ण अन्तरीक्षका घटना
नयाँ खोजले भन्छ, एलियन मरिसके त्यसैले मौन छन्
ब्रह्माण्डको सबैभन्दा ठुलो विस्फोट घटना, देखियो अहिलेसम्म कै ठुलो सुपरनोभा
आणविक युध्द पश्चात पनि बाँच्न सक्ने पृथ्वीका १० जीव