६ चैत, काठमाडौं ।

जारी विश्वकप क्रिकेटमा रोचक घटना भैरहेका छन् । भारतसँग क्वार्टरफाइनलमा पराजित हुँदै बंगलादेश घर फर्किएपछि बंगलादेशमा भारत र बंगलादेशको खेलमा अम्पायर रहेका पाकिस्तानी अलीम डारको पुत्ला नै लगाइएको छ ।

Pakistan umpire criticized

बंगलादेशमा भारतसँगको पराजयले हंगामा नै भएको छ । कतिपय मानिस सडकमै रुँदै कराउँदै हिंडेको र कतिले अम्पायरलाई गाली गर्दै पुत्ला जलाएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

बंगलादेशका एक मन्त्रीले समेत अम्पायरले भारतलाई जिताउन खोजेको टिप्पणी गरेका छन् ।

बंगलादेशका खेलाडीले मैदानमै पनि अम्पायरमाथि झण्डै आक्रमण गरेका थिए । बंगलादेश भारतसँग १०९ रनले पराजित भएर विहीबार घर फर्किएका थिए ।