एजेन्सी ।

बलिउडका सुपरस्टार अभिनेता शाहरुख खान विरुद्ध मुद्धा पर्ने भएको छ । यो मुद्धाकै कारण उनी पक्राउ पर्ने संकेत समेत देखिएको भारतीय सञ्चार माध्मले जनाएका छन् ।

२ बर्ष अघिको इण्डियन प्रिमियर लिगका क्रममा सुरक्षा अधिकारीहरुलाई दुर्ब्यवहार गरेको अभियोगमा उनमाथि पुलिसमा उजुरी गर्न अधिकारीहरुले निर्देशन दिएका हुन् ।

shah-rukh-khan

गाली गलौज सम्बन्धी बाल आयोगले यस्तो आदेश दिएपछि शाहरुख खान पक्राउ पर्न सक्ने सम्भावना बढेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

शाहरुख खानले सन् २०१२ को आइपिएलका क्रममा बानखेडे रंगशालामा सुरक्षा गार्डहरुसँग भनाभन गरेका थिए । कोलकाता नाइट राइडर्सका मालिक समेत रहेका शाहरुख खानले सुरक्षा गार्डलाई दुर्ब्यवहार गरेपछि हंगामा भएको थियो ।

शाहरुख खानमाथि वालवालिकाको उपस्थितिमा गाली गरेको भन्दै मुद्धा हाल्न बाल आयोगका अधिकारीहरुले निर्देशन दिएका हुन् ।