२२ मंसिर, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद साग अन्तर्गत फुटबलमा नेपाल फाइनलमा पुगेको छ ।

बंगलादेशलाई पराजित गर्दै नेपाल स्वर्णपदक नजिक पुगेको हो । नेपालले १–० ले बंगलादेशलाई हराउने क्रममा सुनिल बलले निर्णायक गोल गरे । उनले खेलको ११ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । त्यसपछि दुवै टोलीले गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेनन् । अब नेपालले उपाधिका लागि भुटनको सामना गर्नेछ । भुटानलाई समूह चरणको पहिलो खेलमै नेपालले ४–० को फराकिलो गोल अन्तरले पराजित गरेको थियाे ।

बंगलादेशका कप्तानले खेलको अन्तिम समयमा रेडकार्ड पाउँदै मैदान बाहिरिएका थिए । उनले नेपाली खेलाडीमाथि फउल गर्नुका साथै सहायक रेफ्रीमाथि पनि हात हाल्न खोजेपछि दोहोरो पहेँलो कार्ड दिँदै रेफ्रीले मैदान बाहिरि पठाएका थिए ।