१७ माघ, काठमाडौँ।
बङ्गबन्धु गोल्डकप विजेता नेपाली राष्ट्रिय टोलीका खेलाडी तथा पदाधिकारीलाई ग्लोबल आइएमई बैंक लिमिटेडले नगदसहित सम्मान गरेको छ ।

Global IME football kheladi samman (2)

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ग्लोबल आइएमई बैंकद्वारा आज आयोजित कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतले २३ खेलाडी तथा चार पदाधिकारीलाई जनही रु २५ हजारको चेक प्रदान गरे।

Global IME football kheladi samman (1)

साथै, कार्यक्रममा टोलीका सबै सदस्यलाई निःशुल्क एटिएम कार्ड, डेबिट कार्ड तथा कस्टमर कार्डको सुविधासमेत दिइने जानकारी दिइयो ।

Global IME football kheladi samman (3)

बैंकका अध्यक्ष ढकालले खेलकुद क्षेत्रलाई उकास्नका लागि कर्पोरेटको तर्फबाट साङ्केतिक सहयोग गरेको बताउँदै यसलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का कावा अध्यक्ष नरेन्द्र श्रेष्ठले नेपाली खेलकुदको उत्साह बढाउनका लागि निजी क्षेत्रको सहयोग जरुरी रहेको बताए ।

नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जन तथा कप्तान विराज महर्जनले यस सम्मानले आसन्न दक्षिण एसियाली खेलकुद (साग)मा राम्रो प्रदर्शन गर्न हौस्याएको बताए ।