२६ भदौ, एजेन्सी । पेरुको वावाल्यापटप टेक्नोलोजी कम्पनीले नयाँ र सस्तो प्रविधिबाट बनेको फलामको कम्प्युटर सार्वजनिक गरेको छ ।

यो एकदमै सस्तो र सजिलैसँग मर्मत गर्न मिल्नेछ । यसलाई वावाल्यापटप नाम दिइएको छ । कम्पनीले यो कम्प्युटर १५ देखि २० वर्षसम्म चल्ने दाबी गरेको छ । वावाल्यापटप पेरुको ग्रामीण क्षेत्रमा बस्ने मानिस र बच्चाहरुको लागि तयार गरिएको हो । यसको तौल पनि हलुका भएको बताइएको छ ।

२०१५ मा यसको प्रोटोटाइप मात्र बाहिर आएको थियो तर २०१९ मा यसको २.० भर्जन पनि सार्वजनिक भयो । यसमा लाइनेक्स अपरेटिङ सिस्टम राखिएको छ । यो कम्प्युटरको मूल्य २७ हजार २ सय नेपाली रुपैयाँ पर्नेछ । अहिलेलाई पेरुमा मात्र सार्वजकि गरिएको यो ल्यापटप अन्य देशमा निर्यात गर्ने वा नगर्ने भन्ने जानकारी कम्पनीले गराएको छैन ।

विशेषगरी बच्चाहरुले कम्प्युटर वा ल्यापटप चलाउँदा फुटाउने समस्या बढी देखिएकोले आफूहरुले फलामको क्यासिङ प्रयोग गरेको कम्पनीले जनाएको छ । यसले डिभाइसको सुरक्षामा पनि ध्यान दिइएकोले यो एकदमै फलदायी रहेको कम्पनीको भनाइ छ । यो कम्प्युटरलाई विजुलीमाबाट मात्र नभएर सोलारबाट पनि चाार्ज गर्न सकिन्छ ।