२० कात्तिक, काठमाडौं । सिरहामा एक युवकले आफ्नै श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।

कर्जन्हा नगरपालिका–२ सैलेश टोल बस्ने २६ वर्षीया कबिता पासवानको बन्चरो प्रहारबाट बुधबार बिहान मृत्यु भएको हो ।

घरायसी विवादको कारण उनकै श्रीमान रामबाबु पासवानले मादक पदार्थ सेवन गरी बन्चरोले प्रहार गर्दा गम्भीर घाइते भएकी कविताको उपचारको लागि फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

बन्चरो प्रहार गर्ने रामबाबु हाल फरार भएकाले प्रहरीले खोजी गरिरहेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।