५ माघ, काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला ७५ हजार रुपैँया कायम भएको भने तेजाबी सुनको मूल्य ७४ हजार ७ सय रुपैयाँ प्रतितोला कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य आइतबार ८ सय ९० रुपैयाँ प्रतितोला कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७४ हजार ८ सय रुपैँया र तेजाबी सुन ७४ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।