३१ साउन, दाङ । दाङको तुलसीपुर–१३ शीतलपुर नजिक बबई नदीमा एक जनाको शव फेला परेको छ ।

आज बिहान स्थानीयले नदीको किनारामा अन्दाजी ३५ वर्षको जस्तो देखिने युवाको शव फेला पारेको प्रहरीले जनाएको छ । त्यस्तै दंगीशरण गाउँपालिका–६ स्थित बबई नदीको किनारामा पनि एक जना पुरुषको शव फेला परेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजयकुमार शाहले जानकारी दिएका छन ।

दुवै शवको पहिचान खुल्न सकेको छैन । बबई नदीले बगाएर त्यहाँ शव ल्याएको हुनसक्ने प्रहरीले बताएको छ । घटनास्थलमा प्रहरी टोली पुगेको बताएको छ ।