२८ असोज, मोरङ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१५ बस्ने ४६ वर्षीय राजा साहलाई सोमबार सोही ठाउँबाट प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत मोरङको २०६८ मंसिर २७ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ३ वर्ष कैद सजाय भई फरार रहेका साहलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साहलाई जिल्ला अदालत मोरङमा पेश गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।