पर्दामा देखिने चर्चित कलाकारको जीवन सधै ग्ल्यामरस नै थियो भन्ने सोच्नुहुन्छ भने तपाईले गलत हुनुहुन्छ। हलिउड देखि बलिउडका कयौं स्टारहरुका जीवन फिल्मी दुनियाँमा आउनु भन्दा अघि निकै फरक थियो। कसैले आफ्नो करिअरको सुरवात बस कन्डक्टरबाट गरे भने कोही वेटर त कोही गेटपाले भएर सुरु गरेका उदाहरण छन्। सामान्य नागरिक झै सुरु भएको यी स्टारहरुको जीवन मेहेनत, लगन अनि अवसरले निकै माथी पुग्यो।

रजनिकान्त देखि अक्षय कुमार अनि हलिउडका नायक ब्य्राड पिट, ह्यूग ज्याकम्यान, यी सबै स्टारहरुले चर्चा बटुल्नु भन्दा अघि निकै फरक जीवन जिएका थिए।

बसको कन्डक्टर थिए रजनीकान्त

Rajinikanth

साउथ इन्डियन फिल्म इन्डष्ट्रीमा देवता सरह व्यवहार पाएका स्टार रजनिकान्त बलिउडमा पनि निकै चर्चित छन्। दक्षिण भारतमा त यिनको कयौं मन्दिर समेत बनेका छन्। फिल्मी पर्दामा देखिनु अघि रजनीकान्त बसको कन्डक्टर थिए। जब रजनीकान्त बसमा टिकट बेच्थे, उनको इस्टाइलबाट प्रभावित भएर एक निर्देशकले उनलाई फिल्म खेल्न मौका दिए। त्यसपछि उनको जीवन बदलियो।

होटलमा भाडा माझ्थे अक्षय कुमार

Akshay-Kumar

बलिउडका चर्चित नायक अक्षय कुमार कुनै बेला आफ्नो खर्च टार्न होटलमा भाडा माझ्ने गर्दथे। उनले वेटर भएर समेत काम गरे। पछि खाना पकाउने काम पनि उनले सम्हाले। अहिले पनि उनी बेलाबखत होटलमा भाडा माझ्छन् तर फरक यति हो अहिले फिल्ममा अभिनय गर्ने सिलसिलामा मात्र उनी यस्तो गर्ने गर्छन।

ह्युग ज्याकम्यान

hugh-jackman

‘द उल्भरिन’ का नायक ह्युग ज्याकम्यान हलिउडका निकै चर्चित स्टार हुन। उनीद्वार अभिनिय फिल्म सिरिज ‘एक्स म्यान’ ले विश्वभर निकै चर्चा बटुल्यो। उनी आफैले पनि यी फिल्मबाट उल्लेख्य कमाइ गरे। फिल्ममा आउनुपूर्व उनी जोकरको काम गर्थे। अनौठा पहिरनमा मानिसलाई हसाउनु उनको पेशा हुने गर्थो।

ब्य्राड पिट

brad-pitt

हलिउड स्टार ब्य्राड पिट कुनै समय रेष्टुरेन्टमा काम गर्थे। एक फास्ट फुड रेष्टुरेन्टमा मासु पकाउने काम हुन्थ्यो उनको। साथै सोही रेष्टुरेन्टमा स्ट्रिपरको लागि लिमो ड्राइभर पनि थिए उनी। अहिले उनी हलिउडकै सबैभन्दा चर्चित स्टार हुन। सन् २०१४ मा उनले हलिउकी सुन्दरी नायिका एन्जेलिना जोलीसंग विवाह गरेका थिए।

रणवीर सिंह

ranbir singh

बलिउडमा धमाका मच्चाइरहेका रणवीर सिंहको वितेको जीवन अहिले झै आकर्षक थिएन। फिल्म ‘ब्याण्ड बाजा बारात’ बाट बलिडमा पाइला टेकेका रणवीर पहिले एक विज्ञपान एजेन्सीमा काम गर्थे। मुम्बइ स्थित सो विज्ञापन एजेन्सीमा रणवीर कपिराइटरको पदमा काम गर्थै। उनको साथी निर्देशक मनीष शर्माले अनुरोध गरेपछि उनी अभिनय क्षेत्रमा लागेको बताइन्छ।

जोनी लिभर

jonney liver

बलिउडका दिग्गज कमेडियन जोनी लिभरको कथा पनि रोचक छ। अभिनयमा लाग्नुपुर्व उनी सडमा कलम बेच्ने काम गर्दथे। जोनी लिभरको कलम बेच्ने कथा पुरा पढ्नुस्।

जेनिफर एस्टिन

jennifer-aniston-

हलिउडको बक्स अफिसमा धमाका मच्चाइसकेकी, लाखौ डलर कमाइसकेकी जेनीफर एस्टिनको साथमा कुनै बेला खर्च गर्ने पैसा हुन्थेन। उनले आफ्नो सुरुवाती दिनमा मोटरबाइक धुने अनि वेट्रेसको काम गर्थिन। साथै उनले केही दिनसम्म टेलीमार्कटरको काम पनि गरेकी थिइन।

यो पनि पढ्नुस्।
सबैभन्दा बढी कमाउने विश्वका १० महिला खेलाडी (फोटो फिचर)
विश्वका १० महंगा किताब, ३२० करोड मा बिकेको थियो एक किताब
विश्वका ५ सुन्दरी ह्याकर